
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले दोस्रो बजारमा ६ प्रतिशत ब्याजदरको ७ वर्षे हरित ऊर्जा ऋणपत्र सूचीकृत गर्यो।
- बजारमा सूचीकृत ५० लाख कित्ताका ऋणपत्र बिहीबारदेखि कारोबार सुरु हुनेछ।
- ऋणपत्रबाट संकलित रकम २५ मेगावाटसम्मका जलविद्युत् र सौर्य ऊर्जा परियोजनामा लगानी गरिनेछ।
२५ असार, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को हरित ऊर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।
६ प्रतिशत ब्याजदर रहेको, ७ वर्षे अवधिको यस ऋणपत्र बजारमा कारोबारमा आउने छ । बिहीबारदेखि कारोबार सुरु हुने नेप्सेले जनाएको छ । अंकित मूल्य १ हजारका दरको कुल ५० लाख कित्ता ऋणपत्र बजारमा सूचीकृत भएको हो ।
ऋणपत्रबाट संकलित रकम २५ मेगावाटसम्मका रनअफ रिभर जलविद्युत् परियोजना र सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने निफ्राले जनाएको छ ।
यो ऋणपत्र जारी गर्नका लागि कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी ९कोइका० तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट ९जीजीजीआई०ले प्राविधिक सहायता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4