+
+
Shares

त्रिवि उपकुलपति नियुक्तिमा नेविसंघको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा आपत्ति जनाएको छ।
  • उपकुलपति नियुक्ति मेरिटोक्रेसी आधारमा नभएको भन्दै विरोध भएको हो।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. दीपक अर्याललाई नियुक्त गरेपछि विवाद उत्पन्न भएको छ।

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामा सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ ।

मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त नभएको भन्दै नेविसंघले विरोध गरेको हो ।

त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बुधबार साँझ विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।

‘विश्वविद्यालयका क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको बेला प्रधानमन्त्रीज्यूले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गर्नु गम्भीर आपत्तिको विषय बनेको छ । विशेषतः कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै प्राडा दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु अत्यन्त दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपतिमा प्रा.डा दीपक अर्याललाई नियुक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?