+
+
Shares

त्रिविको मौसम सुधार्ने जिम्मा पाएका दीपक

उपकुलपति बन्ने पूर्वसन्ध्यामा पनि उनी मौसमबारे नै खोजबिन गरिरहेका थिए । ‘तिब्बत क्षेत्रका हिमनदी पग्लिएर बाढी आएको त होइन ?,’ अर्याल चिनियाँ साथीहरूसँग सम्पर्क गरिरहेका थिए ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असार २५ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रा.डा. दीपक अर्याललाई कुलपति एवं प्रधानमन्त्री केपी ओलीले बुधबार त्रिविको मौसम सुधार गर्ने जिम्मा दिएका छन्।
  • अर्यालले जलवायु, हिमनदी र मौसम सम्बन्धी अनुसन्धान र सुधार योजनामा काम गर्ने बताए।
  • उनले त्रिविको संरचनात्मक सुधार, पाठ्यक्रम परिवर्तन र विदेशी विद्यार्थी ल्याउने योजनाहरू प्रस्तुत गरे।

२५ असारकाठमाडौं । त्रिभुवन विश्वविद्यालय र देशको मौसम उस्तैउस्तै छ, कतिबेला धुम्मिन्छ, कहिले खुल्छ थाहै हुँदैन । त्रिविको यस्तै अन्योलग्रस्त मौसम सुधार्ने जिम्मा भने प्रा.डा. दीपक अर्यालको काँधमा आएको छ ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक अर्याललाई कुलपति एवं प्रधानमन्त्री केपी ओलीले बुधबार त्रिविको मौसम सुधार गर्ने जिम्मा दिएका हुन् । मंगलबार नै अर्याललाई उपकुलपतिमा नियुक्त गर्ने चर्चा थियो । तर मौसम बाधक बन्यो । चीन क्षेत्रबाट आएको पानीले नेपालको रसुवामा बाढी आयो । प्रधानमन्त्री ओली बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्किए । अर्यालको नियुक्ति बुधबारलाई सर्‍यो । तर उनलाई आफू उपकुलपति बन्छु भन्ने थाहा थिएन । उपकुलपतिको प्रतिस्पर्धामा उनीसहित विनिल अर्याल र खड्ग केसी थिए । तीन जनामध्ये जोकोही पनि उपकुलपति बन्न सक्थे । अन्ततः दीपक नै उपकुलपति बने ।

उपकुलपति बन्ने पूर्वसन्ध्यामा पनि उनी मौसमबारे नै खोजबिन गरिरहेका थिए । मंगलबार बिहानै बाढीको समाचार आयो । ‘तिब्बत क्षेत्रका हिमनदी पग्लिएर बाढी आएको त होइन ?’ अर्यालले चिनियाँ साथीहरूसँग सम्पर्क गरिरहेका थिए । बाढी आउनुको कारणबारे अध्ययन/अनुसन्धान गर्न उनी नेपाल र चीन क्षेत्रका तस्वीरहरू खोजिरहेका थिए ।

तर, बुधबार दिउँसोबाट एकाएक अर्यालको भूमिका फेरियो । २०५२ सालमा शिक्षण सहायकबाट त्रिविमा प्रवेश गरेका अर्याल उपकुलपति बने । उनी सेवा आयोगको प्रक्रिया पूरा गरेर त्रिवि छिरेका थिए । २०५४ सालमा स्थायी भएका उनी २०७६ मा प्राध्यापक भएका थिए । त्यसपछि जल तथा मौसम विभागको प्रमुख समेत भए ।  

असिना र पानीमा पीएचडी

असिना र पानीमा विद्यावारिधि गरेका अर्यालले तीन विषयमा स्नातकोत्तर हासिल गरेका छन् । पहिलो मास्टर्स डिग्री पानीमादोस्रो वायु प्रदूषणमातेस्रो जहाजबाट बादलभित्र गएर वायु प्रदूषण र जलवायु नाप्नेमा उपाधि हासिल गरेका छन् । ‘एउटै विषय होइन तर सबै मिल्दाजुल्दा छन्,’ नवनियुक्त उपकुलपति अर्यालले भने ।

उपकुलपित अर्याललाई त्रिवि सुधार्ने योजना कार्यान्वयन गर्न स्वार्थ समूहबाट हुने तालाबन्दी, बन्द, हड्ताल चुनौती बन्ने देखिन्छ ।

सानैदेखि अनुसन्धानमा रुचि राख्ने स्वभाव थियोउनको । ‘रिसर्चमा रुचि भएकाले त्रिविमा छिरेको थिएँ । सरकारी अरू जागिरमा विदेश भ्रमण अन्य सेवासुविधा थियो । तर रिसर्च गर्नकै लागि सुख्खा तलब भए पनि हुन्छ भनेर त्रिवि रोजेको हुँ,’ अर्यालले त्रिविमा प्रवेश गर्नुको कारण सुनाए । उनको अनुभवमा अहिले त्रिवि पहिले जस्तो छैन । ‘त्रिविमा अहिले आकर्षण बढेको छ । अन्तर्राष्ट्रिय साझेदारीमा रिसर्च हुन थालेको छ । त्यसैले त त्रिविमा जागिर खान मारपिट हुन थालेको छ,’ अर्यालले भने ।

रिसर्चमा अब्बल

जल तथा मौसम विभागको प्रमुख हुँदा अन्तर्राष्ट्रिय संघसंस्था र विदेशी विश्वविद्यालयसँग मिलेर रिसर्चका कामहरू गरेको अनुभव अर्यालसँग छ ।

‘अन्तर्राष्ट्रिय साझेदारी नभई हाम्रो जस्तो देशले मात्र रिसर्च गर्न सम्भव छैन,’ उपकुलपति अर्यालले भने । उनी विभागको प्रमुख भएको समयमा जापानचीनअमेरिका र युरोपका विश्वविद्यालयसँग मिलेर विभागले रिसर्च गरेको छ । उनकै कार्यकालमा विभागले गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (क्यूएए) पाउन सफल भएको छ ।

‘जलवायु परिवर्तनमौसमजलवायु प्रदूषणहिमनदीमा थुप्रै रिसर्च गरेका छौं’ नवनियुक्त उपकुलपति अर्यालले भने, ‘सगरमाथाको मौसम पनि नाप्ने यन्त्र राखेका छौं । उच्च हिमाली क्षेत्रमा मौसमको कारण हुने जोखिमको अध्ययन गरेका छौं ।’ मौसमबारे जानकारी दिन २० वटा स्टेसन पनि राखिएको उनले बताए ।

‘त्रिविको विभागले दिने मौसम सम्बन्धी जानकारी आधिकारिक होइन तर सरकारले दिने मौसमसँग ठ्याक्कै मिल्छ । सबै रिसर्च विभागबाट गर्न सकिन्छ,’ उनले भने ।

डढेलो र बाढीको विषयमा पनि जिल्लाजिल्लामा गएर उनले शिविर नै सञ्चालन गरेर जनतालाई सुसूचित गराएका छन् । ‘गाउँतिर डढेलो र बाढी आउँदा प्रत्यक्ष जनताकहाँ गएर काम गरेका छौं । कुलेखानीनवलपरासीसिन्धुलीकाभ्रेपलाञ्चोक लगायत ठाउँमा शिविर नै सञ्चालन गरेका छौं’ उनले भने ।

अर्यालले विभागको प्रमुख हुँदा पाठ्यक्रम समेत परिमार्जन गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माणमा उनले योगदान दिएका छन् ।

अब त्रिवि सुधारको खाका के छ ?

एउटा विभागलाई अब्बल बनाएका अर्यालको काँधमा पूरै त्रिवि हाँक्ने जिम्मेवारी आएको छ । त्रिवि हाल १५७ वटा युनिटमा विस्तारित छ । ६४ वटा आंगिक क्याम्पस छ । ४४ वटा केन्द्रीय विभागअनुसन्धान केन्द्र डीन कार्यालय गरी १५७ वटा इकाइ र १ हजार बढी सामुदायिक र निजीलाई सम्बन्धन दिएको छ ।

त्रिवि देशको ७७ जिल्लामा विस्तार छ । उपकुलपति एक्लैले त्रिवि सुधार गर्न सम्भव छैन । तर उनले केही खाका अगाडि सारेका छन् । विश्वविद्यालय स्थापना भएदेखिका संरचनामा सुधार भएको छैन । चाहे पाठ्यक्रम होस् या केन्द्रीय विभागहरू । यतिसम्म कि केन्द्रीय विभागहरू पानी चुहिने टहरामुनि छन् । ती विभागको भौतिक संचना सुधार गर्नुपर्ने छ ।

त्रिविको कक्षापरीक्षा र नतिजा प्रकाशनमा प्रश्नैप्रश्न उठ्ने गरेको छ । समयमा पठनपाठन र नतिजा प्रकाशित नहुँदा विद्यार्थी विदेश पलायन हुने क्रम बढिरहेको छयसलाई रोक्नुपर्ने अवस्था छ ।

त्रिविको कक्षापरीक्षा र नतिजा प्रकाशनमा प्रश्नैप्रश्न उठ्ने गरेको छ । समयमा पठनपाठन र नतिजा प्रकाशित नहुँदा विद्यार्थी विदेश पलायन हुने क्रम बढिरहेको छयसलाई रोक्नुपर्ने अवस्था छ ।

पहिलो योजना– पाठ्यक्रम परिवर्तन

विस्तारै सुधार गर्दै जाने नवनियुक्त उपकुलपति अर्याल बताउँछन् । ‘विश्वविद्यालयमा विभागहरू छन् । ४० वर्षदेखि एउटै संरचना छ । परिवर्तन भएको छैन । मैले जापानमा पढेको हुँ । केही समयअघि गएको थिएँ । नाम मात्र ७ पटक परिवर्तन भएछ । कोर्स २५ वर्षमा ८ पटक परिवर्तन भएछ । ४०–४५ वर्षसम्म पनि नफेरिएका कोर्सलाई फेर्ने पहिलो योजना छ,’ नवनियुक्त उपकुलपति अर्यालले भने ।

दोस्रो योजना– विदेशी विद्यार्थी त्रिविमा ल्याउने

विदेशी विद्यार्थी त्रिविमा ल्याउने नवनियुक्त उपकुलपति अर्यालले महत्त्वाकांक्षी योजना अगाडि सारेका छन् । ‘त्रिविमा हाल ४ लाख विद्यार्थी छन् भने कति विद्यार्थी विदेशी छन् त विश्वविद्यालयमा १० प्रतिशत विदेशी विद्यार्थी भए भने प्रतिस्पर्धाको भावना हुन्छ । ग्लोबल भ्रातृत्व हुन्छ । ज्ञान सेयरिङ हुन्छ । नेटवर्कमा मिलेर रिसर्चको काम गर्न सकिन्छ,’ उनले योजना सुनाए ।

तर, तत्कालै १० प्रतिशत विदेशी विद्यार्थी त्रिविमा ल्याउने सम्भावना छैन । ‘आफ्नो कार्यकालको अन्त्यसम्म १ प्रतिशत भए पनि ल्याउन सक्छु जस्तो लाग्छ । १ प्रतिशत भनेको पनि ४ हजार विद्यार्थी हो,’ उनले भने, ‘विद्यार्थी मात्र होइनविदेशी राम्रो प्राध्यापक आउन चाहनुभयो भने पनि दिनुपर्छ ।

तेस्रो योजना– रिसर्च

विश्वविद्यालयलाई रिसर्च बनाउने उनको योजना छ रिसर्चको लागि त्रिवि आफैंले गर्नसक्ने स्थिति छैन । त्यसैले विभिन्न संघसंस्था र विदेशी विश्वविद्यालयसँगको सहकार्यलाई उनले जोड दिएका छन् । ‘डोनर एजेन्सीसँग कुरा गर्ने हो । हेरौं कति गर्न सक्छु,’ उनले भने । त्रिविमा होस्टलक्यान्टिनलाइब्रेरीलाई पनि व्यवस्थित बनाउने योजना उनको छ ।

तालाबन्दी मुक्त बनाउन चुनौती

तरउनको योजना कार्यान्वयन गर्न त्रिविमा स्वार्थ समूहबाट हुने तालाबन्दी, बन्द, हड्ताल भने चुनौती बन्ने देखिन्छ । यतिसम्म कि उनी उपकुलपतिमा नियुक्त भइरहँदा पनि विद्यार्थी संगठनले पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको स्थिति छ ।

यद्यपिसर्वोच्च अदालतको आदेशपछि आंशिक प्राध्यापक संघ र विद्यार्थी संघसंगठनले लगाएको ताला भने खुलेको छ । दलका विद्यार्थीप्राध्यापक र कर्मचारीको माग मुद्दा सम्बोधन गर्नुपर्ने चुनौती त्रिविमा छ ।

‘जायज मागलाई सम्बोधन गरेर नै अगाडि बढ्छु,’ नवनियुक्त उपकुलपति अर्यालले भने ।

प्राज्ञहरूले त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन नवनियुक्त उपकुलपति अर्याललाई सुझाव दिएका छन् ।

‘अनुभवप्राप्त प्राज्ञ आउनुभएको छ । तर त्रिवि ठूलो संस्था हो । हाँक्न चुनौती छ । उहाँले सक्नुहुन्छ जस्तो लाग्छ,’ पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, ‘त्रिविलाई सुधारको बाटोमा लैजानुपर्छ । कानून परिवर्तन गरेर बोर्ड अफ ट्रस्टिजमा लैजानुपर्छ । सरकारी राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्छ ।’

उनले बुधबार नै पदभार ग्रहण गरेका छन् । कुलपति एवं प्रधानमन्त्री केपी ओलीबाट शपथ लिएका अर्यालले उपकुलपति कार्यालय कीर्तिपुरमा पदभार ग्रहण गरेका हुन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?