+
+
Shares

प्रभु बैंक सञ्चालक समिति अध्यक्ष कार्कीले गरे पदभार ग्रहण

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्कीले बैंक सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरेर पदभार ग्रहण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रभु बैंक लिमिटेडको सञ्चालक समितिले किशोरजंग कार्कीलाई अध्यक्ष चयन गरी सोमबार पदभार ग्रहण गराए।
  • उनले राष्ट्र बैंकको शपथ ग्रहणपछि बैंकको ३८१औं बैठकको अध्यक्षता गरे।
  • कार्कीले बैंकको व्यापार र प्रविधि विकासमा थप प्रगति हुने विश्वास व्यक्त गरिएको छ।

काठमाडौं । प्रभु बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले सोमबार पदभार ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्कीले बैंक सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरेर पदभार ग्रहण गरेका हुन् ।

राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभाग प्रमुख दीर्घ रावलको उपस्थिति थियो । त्यस अवसरमा प्रभु बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति थियो ।

२९ पुस २०८१ मा बसेको बैंकको २३औं वार्षिक साधारणसभामा सर्वसाधारण समूहका सेयरधनीको प्रतिनिधत्व गर्दै बैंक सञ्चालक निर्वाचित कार्की १९ असारमा सम्पन्न बैंक सञ्चालक समितिको ३८०औं बैठकबाट अध्यक्ष चयन भएका हुन् ।

३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा बिताएर विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका कार्कीले प्रभु बैंकको अध्यक्षजस्तो पदमा चयन हुनु गर्वको विषय भएको बैंकले जनाएको छ ।

नवनियुक्त अध्यक्ष कार्कीको नेतृत्वबाट प्रभु बैंकको व्यापार–व्यवसाय अभिवृद्धि हुनुका साथै समयसापेक्ष अत्याधुनिक प्रविधि सहित गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?