+
+
Shares

नेपाल उद्योग परिसंघ अध्यक्षमा वीरेन्द्रराज पाण्डे

परिसंघको २२औं वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघको २२औं वार्षिक साधारणसभाले वीरेन्द्रराज पाण्डेलाई अध्यक्ष चयन गर्‍यो।
  • उनले २०७५ देखि परिसंघको उपाध्यक्ष पदमा रहेर काम गरेका थिए।
  • सभाले नयाँ राष्ट्रिय परिषद् सदस्य र उपाध्यक्षहरू पनि चयन गर्‍यो।

२५ असार, काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरूप स्वत: अध्यक्ष चयन भएका हुन् । एक दशकदेखि परिसंघ राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघ उपाध्यक्ष बनेका हुन् ।

काठमाडौंमा जन्मिएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा छन् । सिभिल इन्जिनियरिङ, आवास र सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् ।

परिसंघ निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई सपथ ग्रहण गराउँँदै पदभार हस्तान्तरण गरे ।

बुधबार सम्पन्न वार्षिक साधारणसभाबाट परिसंघ राष्ट्रिय परिषद् सदस्यमा गोपालकुमार अग्रवाल, मिलनबाबु मल्ल, परासी अग्रवाल, राहुलकुमार अग्रवाल, बरुणकुमार तोदी, दीपककुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर र आश्रयता कार्की चयन भए ।

यसैगरी निर्वाणकुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमितकुमार बेगानी, गौरव शारडा, दीलिप अग्रवाल, यश अग्रवाल, सन्दीप शारडा, राजीव गुप्ता निर्वाचित भएका छन् ।

त्यस्तै सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुव रिजाल, सञ्जय गोल्छा, वर्षा श्रेष्ठ, राजबहादुर शाह, विदुषी राणा, लक्ष्मीप्रसाद सुवेदी, आशिष जजोडिया, पम्फा धमला, मनिषकुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, बसन्तबहादुर चन्द, चन्द्र टन्डन सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेश अध्यक्ष प्रमोद साह, बागमती अध्यक्ष लेखराज पोखरेल, गण्डकी अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी अध्यक्ष एजाज आलम, कर्णाली  अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेश अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य बनेका छन् ।

त्यस्तै मकवानपुर उद्योग संघ अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघ कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघ अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघ अध्यक्ष दीलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य बनेका छन् ।

निर्वाचित राष्ट्रिय परिषद् सदस्यबाट सर्वसम्मत ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघ वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । यसैगरी उपाध्यक्षमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित भए । परिसंघ स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, विदुषी राणा र प्राची अग्रवाल मनोनीत भए ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यलाई सपथ ग्रहण गराए । त्यसअघि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेले विगतदेखि हासिल गर्दै आएका उपलब्धि संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्‍याउन सक्रिय रूपमा लाग्ने बताए ।

उनले निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई सफल कार्यकालका लागि बधाइ दिए । यसअघि मंगलबार आयोजित साधारण सभा उद्घाटन समारोहमा सीएनआई प्रेसिडेन्ट अवार्डबाट परिसंघका पूर्वअध्यक्ष एवं प्रतिष्ठित उद्योगी शतिसकुमार मोर सम्मानित भए ।

परिसंघबाट निर्यातमा योगदान गर्ने संस्था तथा कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । साफ्टा अन्तर्गत हुने निर्यातमा योगदान दिने आरएमसी फुडस् प्रालि, गणपति वनस्पति लिमिटेड र नारायणी वेल रिभाइनरी उद्योग प्रालि सम्मानित भएका छन् ।

यसैगरी तेस्रो मुलुकतर्फ निर्यातमा योगदान दिने नेपाल एक्प्रेस पार्सल एन्ड लजिस्टिक प्रालि, एसेन्ट एक्स्पोर्ट्स प्रालि, स्मुथ कार्गो मुभरर्स प्रालि, इन्डो नेपाल अन्तर्गत हुने निर्यातमा योगदान दिने आरती स्ट्रिप्स प्रालि, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डस्ट्रिज लिमिटेड सम्मानित भएका छन् ।

यसैगरी सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवाल, परिसंघ अन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेका छन् । यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघ अवार्ड बागमती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलले प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?