+
+
Shares

मोरङ कारागारमा एक कैदी बन्दीको मृत्यु

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पाल रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते २०:२३
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्दाका बन्दी सन्तोष पालको मृत्यु भएको छ।
  • उनी ११ मंसिर २०८१ देखि कारागारमा थिए र उपचारका क्रममा मृत्यु भएको हो।
  • मृत्युको कारण शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएको बताइएको छ।

२५ असार, विराटनगर । जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्दाका एक जना बन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पाल रहेका छन् ।

जबरजस्ती करणी मुद्दामा उनी ११ मंसिर २०८१ सालदेखि कारागारमा छन् । उनको मुद्दा मोरङ अदालतमा विचाराधीन छ ।

शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि १२ असारमा अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको मोरङ कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?