+
+
Shares

अखिल क्रान्तिकारीले त्रिविका नवनियुक्त उपकुलपतिको नेमप्लेट झिक्यो, नेविसंघको बहिष्कार

त्रिवि नेविसंघ सभापति बडैलाले उपकुलपतिलाई नेविसंघले बहिष्कार गरेको बताए   ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ०:२८

२५ असार, काठमाडौ  । त्रिविमा उपकुलपति दीपक अर्यालले पदभार ग्रहण गरे लगत्तै कांग्रेस र माओवादी निकट विद्यार्थी संगठनले विरोध सुरु गरेका छन्  ।

नवनियुक्त उपकुलपति दीपक अर्यालले बुधबार पदभार ग्रहण गरेलगत्तै अखिल क्रान्तिकारीले नेमप्लेट झिकेका छन् ।

अखिल क्रान्तिकारीले फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्ति गर्न नहुने माग राख्दै पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको थियो ।

उपकुलपतिलाई स्वागत र आफ्ना कुरा राख्न आधा घण्टाको समय मागेको तर भेट्न नचाहेपछि नेम्प्लेट हटाएको त्रिवि क्रान्तिकारीका कार्यवाहक अध्यक्ष शिवराज भट्टले बताए ।

‘पदाधिकारीलाई प्रवेश निषेध गरेका थियौं, नयाँ उपकुलपतिलाई स्वागत गर्न र आफ्नो कुरा राख्न आधा घण्टाको समय मागेको हो, समय पाएनौं अनि नेमप्लेट झिकेको हो,’ उनले भने ।

पदभारको कार्यक्रम सकिएपछि गएर क्रान्तिकारीले नेमप्लेट झिकेको हो । त्यसैगरी  नेविसंघले पनि विज्ञप्ति निकालेर मेरिटको आधारमा उपकुलपति नियुक्त गर्न माग गरेको थियो ।

त्रिवि नेविसंघ सभापति बडैलाले उपकुलपतिलाई नेविसंघले बहिष्कार गरेको बताए   ।

‘मेरिटोक्रेसीको आधारमा उपकुलपति नियुक्त नभएकाले बहिष्कार गरेका हौं’, उनले भने । प्रधानमन्त्री केपी ओलीले अर्याललाई बुधबार उपकुलपतिमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?