+
+
Shares

घट्यो मधेशको फ्रिज बजेट, ७१ प्रतिशत खर्च

चालु आर्थिक २०८१/०८२ मा मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च भएको छ । २८.५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ । गत आव २०८०/८१ मा ५५.७५ प्रतिशत बजेट फ्रिज भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ८:३०

२६ असार, जनकपुरधाम । चालु आर्थिक २०८१/०८२ मा मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च भएको छ ।

अन्तिम भुक्तानी अवधि असार २५ गते रातिसम्म चालु र पुँजीगत गरी ७१.४८ प्रतिशत बजेट खर्च भएको मधेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ ।

मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । पुँजीगत र चालु गरी ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार बजेट खर्च भएको छ । यो कुल बजेटको ७१.४८ प्रतिशत हो ।

पुँजीगततर्फ २८ अर्ब ६१ करोड २० लाख ७४ हजार बजेट रहेकोमा २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार खर्च भएको अर्थ सचिव रामकुमार महतोले जानकारी दिए । यो पुँजीगत बजेटको कुल ७५.६४ प्रतिशत हो ।

यस्तै चालुतर्फ १५ अर्ब २८ करोड ९६ हजार बजेट रहेकोमा ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार खर्च भएको हो । यो कुल चालु खर्चको ६४.६४ प्रतिशत हो ।

यो खर्च विगत आवको तुल्नामा अहिलेसम्मकै उच्च हो । यस चालु आवमा २८.५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ ।

गत आ.व. २०८०/८१ मा ५५.७५ प्रतिशत बजेट फ्रिज भएको थियो । ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेटमा २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको थियो ।

चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख खर्च र पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?