+
+
Shares

मण्डला थिएटरले फिल्म निर्माण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मण्डला थिएटरले अब फिल्म निर्माणमा पनि सक्रिय हुने तयारी गरेको मण्डला नाटकघरका संचालक विजय बरालले अनलाइनखबरलाई जानकारी दिए।
  • बरालले भने, 'अबदेखि मण्डलाले नियमितरुपमा फिल्म निर्माण गर्नेछ' र यो योजनाले नाट्य महोललाई असर नगर्ने बताए।
  • दयाहाङ र विजयको फिल्म 'जारी २' प्रदर्शन तयारीमा छ भने 'कबड्डी ५' यसैवर्ष छायांकन तयारीमा छ।

काठमाडौं । नाटक निर्माण, मञ्चन र कलाकार उत्पादनमा सक्रिय मण्डला थिएटरले अब फिल्म निर्माणमा समेत हात हाल्ने भएको छ ।

थिएटरले नियमितरुपमा फिल्म निर्माण गर्ने तयारी गरेको मण्डला नाटकघरका संचालक तथा अभिनेता विजय बरालले अनलाइनखबरलाई जानकारी दिए ।

‘अबदेखि मण्डलाले नियमितरुपमा फिल्म निर्माण गर्नेछ । ठ्याक्कै यही डेट भने तोकिएको छैन । ढिलोचाँडो हामी निर्माणमा अघि बढ्छौं’ बरालले भने, ‘यो योजनाले अहिलेको नाट्य महोललाई असर गर्नेछैन । नाटक र फिल्मलाई अघि बढाउँछौं ।’

मण्डलाले लामो समयदेखि कलाकार उत्पादन गर्दै आएको र ती कलाकार फिल्ममा पनि सक्रिय रहेको उनले बताए । विजय र दयाहाङ राईबीच विहिबार बिहान मण्डलामा यसबारे कुराकानी भएको छ । भेटपछि दयाहाङले दुईजनाको फोटो सेयर गर्दै यसबारे संकेत गरेका छन् ।

मण्डला थिएटरले वर्षेनी लाइनअप घोषणा गर्दै १० वटा जति होमप्रोडक्सन नाटक मंचन र निर्माण गर्दै आएको छ ।

कामको कुरा गर्दा, दयाहाङ र विजयको फिल्म ‘जारी २’ प्रदर्शन तयारीमा छ भने ‘कबड्डी ५’ यसैवर्ष छायांकन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?