+
+
Shares

‘बाहुबली’का दुबै श्रृंखला मर्जर गरिएको फिल्म कात्तिक १४ मा आउने

निर्माताले अघिल्ला दुई श्रृंखलालाई समावेश गरेर बनाइएको फिल्म ‘बाहुबली : द एपिक’ प्रदर्शन गर्ने घोषणा गरेका छन् । १४ कात्तिक (३१, अक्टोबर २०२५)मा फिल्मको रि-रिलिज हुने जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय फिल्म 'बाहुबली' रिलिज भएको १० वर्ष पुगेको अवसरमा निर्माताले 'बाहुबली : द एपिक' नामक रि-रिलिजको घोषणा गरेका छन्।
  • फिल्म १४ कात्तिक २०८२ (३१ अक्टोबर २०२५) मा प्रदर्शन हुनेछ र यसमा अघिल्ला दुई श्रृंखलाहरू समावेश छन्।
  • निर्माताले सामाजिक संजालमा 'दशवर्षअघि एक प्रश्नले सिंगो देशलाई एकताबद्ध तुल्याएको थियो' भनेका छन्।

मुम्बई । चर्चित भारतीय फिल्म ‘बाहुबली’ रिलिज भएको विहिबार ठीक १० वर्ष पुगेको छ । यस अवसरमा निर्माताले फ्यानलाई उपहारस्वरुप नयाँ घोषणा गरेका छन् ।

निर्माताले अघिल्ला दुई श्रृंखलालाई समावेश गरेर बनाइएको फिल्म ‘बाहुबली : द एपिक’ प्रदर्शन गर्ने घोषणा गरेका छन् । १४ कात्तिक (३१, अक्टोबर २०२५)मा फिल्मको रि-रिलिज हुने जनाइएको छ ।

निर्माताले सामाजिक संजालमा तस्वीर सेयर गर्दै लेखेका छन्, ‘दशवर्षअघि एक प्रश्नले सिंगो देशलाई एकताबद्ध तुल्याएको थियो । अब भने प्रश्न र उत्तर एकैसाथ एउटा भव्य संस्करणमार्फत फर्किँदैछ ।’

सन् २०१५ मा ‘बाहुबली : द बिगिनिङ’ रिलिज भएको थियो । सन् २०१७ मा ‘बाहुबली : द कन्क्लुजन’ रिलिज भयो । ‘कटप्पाले किन बाहुबलीलाई मार्‍यो’ भन्ने प्रश्न निकै चर्चित भएको थियो ।

पहिलो भागले विश्वभर २३०० करोड भारु र दोस्रोले १७८८ करोड भारु कमाएको बताइन्छ । सशक्त कथावस्तु, चम्किलो दृश्य र रहस्यपूर्ण प्रश्नको कारण यो फिल्म त्यतिबेला ‘सांस्कृतिक परिघटना’ बनेको थियो ।

फिल्ममा प्रभासले अमरेन्द्र र महेन्द्र बाहुबलीको दोहोरो भूमिका निर्वाह गरेका छन् । यीबाहेक अनुष्का सेट्ठी, राणा दगुबाती, तमन्ना भाटिया, सत्यराज, रम्या कृष्णनको शीर्ष भूमिका छ ।

‘बाहुबली’का दुवै भागले नेपाली बक्सअफिसमा पनि उत्कृष्ट कमाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?