+

काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

२०८२ असार  २६ गते १८:०२ २०८२ असार २६ गते १८:०२
काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाईलाई नेपाल प्रिमियर लिगका लागि काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त गरिएको छ।
  • काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत देसाईलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको छ।
  • गोर्खाजले आगामी सिजनका लागि करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ।

२६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त भएका छन् ।

काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत देसाईलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको हो ।

प्रशिक्षक नियुक्त भएपछि देसाईले केही यात्रा कहिल्यै समाप्त नहुने बताउँदै नेपाल र नेपाली क्रिकेट आफ्नो मनमा सधैं रहिरहेको बताए ।

देसाईको प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले सन् २०२३ को एसिया कप तथा सन् २०२४ को टी-२० विश्वकप खेलेको थियो ।

गोर्खाजले आगामी सिजनका लागि करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ ।

एनपीएलको दोस्रो संस्करणका लागि अगस्टमा मिनी अक्सन हुने तालिका छ ।

काठमाडौं गोर्खाज मोन्टी देशाई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय