+

यू-२३ फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट

२०८२ असार  २६ गते २१:३५ २०८२ असार २६ गते २१:३५
यू-२३ फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली यू-२३ फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएको छ।
  • यू-२३ टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले पहिलो चरणमा ८९ खेलाडी ट्रायलमा बोलाएका थिए।
  • ८९ खेलाडीबाट विभिन्न चरण हुँदै ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए।

२६ असार, काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडी अन्तिम चरणमा छनोट भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभिन्न चरणको छनोटपछि बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यू-२३ टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले पहिलो चरणमा ट्रायलमा ८९ खेलाडी बोलाएका थिए । त्यसपछि विभिन्न चरण हुँदै बन्द प्रशिक्षणका लागि खेलाडी छानिएको हो ।

नेपाल यू-२३ टोलीले आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा भाग लिनेछ । त्यसैका लागि अहिले टिम तयारीमा जुटेको हो ।

छनोटमा नेपाल समूह के मा छ । यस समूहमा ताजिकिस्तान, सिरिया र फिलिपिन्स पनि छन् ।

बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोली:

गोलकिपर : कृषल मोक्तान, जियारत शेख, रुबिन बोगटी, अमित टमटा, बिशाल केसी, विवेक मगर
डिफेन्डर: सेमान्त थापा, आयुष तिमिल्सिना, निग्मा लामा, शंकर थारू, अश्विन घोरासाइने, बिशाल नेपाली, विवेक गुरुङ, राम थापा, अनिश परियार, सबिन घिमिरे, सदिप केसी, सेसन दानी, अभिषेक वाइवा, लहान सुब्बा
मिडफिल्डर : दीपेश गुरुङ, अभि स्याङ्गतान, पुजन थापा, प्रशान्त लक्षम, जन्मजय धामी, सन्जीव लामा, सरोज दर्लामी, पेम्बा लामा, रोजल दाहाल
फरवार्ड : निरज कार्की, सबिन लुंगेली, निराजन धामी, अनिल भोम्जम, आरोन थापा, सुजन मगर, दीपेश चाम्लिङ राई, अनिश क्षेत्री, रोहन खड्गी, सुजन डंगोल, मोहित गुरुङ

यू-२३ राष्ट्रिय फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय