News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेष्ट महिला भलिबल लिगको अक्सन साउन २ गते काठमाडौंमा आयोजना हुनेछ।
- नेपालमा महिला खेलाडीको अक्सन हुन लागेको यो पहिलोपटक हो।
- छ वटा फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय स्टारदेखि नवप्रतिभा खेलाडीहरूलाई चयन गर्नेछन्।
२९ असार, काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलोपटक महिला खेलाडीहरूको अक्सन हुन लागेको छ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को यो ऐतिहासिक अक्सन कार्यक्रम आउँदो साउन २ गते काठमाडौंमा आयोजना हुने आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको हो ।
६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितामा हुन लागेको यस अक्सनलाई नेपाली महिला भलिबलको व्यावसायिक यात्राको महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।
‘नेपाली भलिबल ईतिहासमा यो ऐतिहासिक कार्यक्रम हुनेछ । नेपाली भलिबलमा पहिलो पटक महिला भलिबल लिगको लागि अक्सन हुन लागेको हो’ ईन्फिनिटी ड्रिम्सकी सिईओ स्नेभी चापागाईँले भनिन् ।
प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय स्टार खेलाडीहरूदेखि नवप्रतिभा र उदाउँदा खेलाडीहरूलाई आफ्नो टिममा चयन गर्ने अवसर पाउने छन्।
लिग आयोजकका अनुसार यो प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र पूर्ण रूपमा प्रतिभामा आधारित हुनेछ। यसले खेलाडीहरूको सीप र योगदानको उचित मूल्याङ्कन गर्न सहयोग गर्नेछ।
‘यो अक्सन मात्र नभई नेपाली महिला भलिबलको लागि ऐतिहासिक मोड हो’ आयोजकले भनेको छ, ‘खेलाडीहरू अब व्यावसायिक संरचनाभित्र प्रवेश गर्दै छन्, जहाँ उनीहरूको सीप, बजार मूल्य र पहिचानलाई संस्थागत मान्यता दिइनेछ। यो सम्पूर्ण खेल क्षेत्रको लागि गर्वको क्षण हो।’
अक्सन कार्यक्रम काठमाडौं मा हुनेछ । जहाँ विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुनेछ । यो अक्सनसँगै नेपाली महिला भलिबल नयाँ युगमा प्रवेश गर्ने आयोजकको विश्वास छ ।
भदौ २० देखि सुरु हुने लिगमा ६ टिमको सहभागिता रहनेछ जसमा कर्णाली यशवीस, गण्डकी थण्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेड छन् ।
गत वर्ष भएको पहिलो संस्करणको इडब्लुभिएलको उपाधि कर्णाली यशवीसले जितेको थियो ।
प्रतिक्रिया 4