+
+
Shares

कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्‍यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १४:४६

३० असारकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको बताएका छन् ।

सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदमको कांग्रेस साक्षी मात्र बन्न पुगेको आरोप लगाए ।

संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छारिताका शृङ्खलाहरू जसरी अगाडि बढाइएका छन्जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छयसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ‘, उनले भने ।

प्रचण्डले अप्राकृतिक गठबन्धनकुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको स्मरण गराए ।

सत्ता सञ्चालनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो प्रयासलाई अस्थिरता ठान्नु तपाईंहरुको दृष्टिकोण होतर लोकतन्त्रको नाममा आज जुन बाटो रोजिएको छत्यसले तपाईंहरूको राजनीतिक ग्राफ झनै खस्किएको छ,’ उनले भने ।

उनले थपे, ‘गठबन्धन बन्ने परिस्थिति र सरकारको नेतृत्वको प्रवृत्ति हेरेर मैले त्यतिबेलै भनेको थिएँ- हजारौँ योद्धाहरुको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रमा संकट चिहानमा मिल्काइएका पात्र र प्रवृत्तिबाट छैनयदि संकट आउँछ भने यही सरकारको रवैयाबाट आउनेछ ।

उनले थपे, ‘त्यसैले प्रचण्डसँगको रिस लोकतन्त्रसँग नलिनुहोला भनेर वर्षदिन अघि नै मैले भनेको थिएँ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन्।

अप्राकृतिक रूपमा बन्ने यस्ता गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाउने र लोकतन्त्रलाई नै कमजोर बनाएका कैयन उदाहरण रहेको कुरा आफूले यसअघि पनि गरेको उनले स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?