+

प्रचण्डको प्रश्न- ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट ? बन्यो त प्यारापिट ?

२०८२ असार  ३० गते १४:४४ २०८२ असार ३० गते १४:४४
प्रचण्डको प्रश्न- ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट ? बन्यो त प्यारापिट ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन्।
  • प्रचण्डले भने, 'मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो तर त्यसपछि सरकारबाट बाहिरियौँ।'
  • उहाँले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न गर्दै भने, 'जोडियो त फ्लडलाइट? बन्यो त प्यारापिट?'।

३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन् ।

‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो,’ प्रचण्डले भने ।

तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए । ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ?,’ प्रचण्डले भने ।

कीर्तिपुर क्रिकेट रंगशाला केपी शर्मा ओली प्रचण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय