
News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल स्टक एक्स्चेन्जमा कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
- यो कारोबार रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९ प्रतिशत बढी हो।
- २०८२ असार मसान्तसम्म पूँजीकरण ३१ प्रतिशत बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ र सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ।
१ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारमा कारोबार रेकर्ड बनेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार गत आर्थिक वर्ष कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९ प्रतिशत बढी हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार रेकर्ड बनेको थियो ।
यस्तै २०८१ को असार मसान्त्सम्म ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको पूँजीकरण २०८२ असार मसान्तसम्म आउँदा ३१ प्रतिशत बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।
गत आर्थिक वर्षसम्म बजारमा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्वीजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेको नेप्सेले जनाएको छ । गत आर्थिक वर्ष ३ करोड ६५ लाख कित्ता नयाँ कम्पनीका सेयर थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4