
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतको वार्विकशायरस्थित नुनिटनमा बस्ने स्यान्ड्रा र क्रिस कन्सिडाइनले सात वर्षसम्म भाडा नतिरेर बस्ने पूर्व सहकर्मीबाट आफ्नो फ्लाट क्षतिग्रस्त भएको पत्ता लगाए।
- फ्लाटमा हजारौं बियरका क्यान, पिसाब र दिसाले भरिएका डब्बा र फास्ट फुडका बट्टा थिए, जसले घरमा दुर्गन्ध फैलाएको थियो र सबै उपकरणहरू क्षतिग्रस्त भएका थिए।
- स्यान्ड्राकी छोरी रोज कन्सिडाइनले गो फण्ड मी मार्फत आर्थिक सहयोग जुटाउने अभियान थालेकी छन् ताकि आमाबुबाले पुनः सुरक्षित र सम्मानजनक जीवन जिउन सकून्।
कहिलेकाहीँ कसैलाई मानवीयता तथा दया देखाउनु पनि प्रत्युत्पादक हुनसक्छ र पछुताउनु पर्छ । बेलायतमा एक वृद्ध दम्पतीले हालै एउटा यस्तै घटना भोगेका छन् ।
बेलायतको वार्विकशायरस्थित नुनिटनमा बस्ने ५८ वर्षीया स्यान्ड्रा कन्सिडाइन र उनका श्रीमान् ७० वर्षीय क्रिस कन्सिडाइनले सन् २०१८ मा आफ्नै चिनजानको साथीलाई भाडामा दिएको आफ्नो घरको फ्लाटको भाडा त पाएनन् नै भाडावाल भागेर हिँडेपछि जब उक्त फ्लाटमा छिरे त्यहाँको अवस्थाले उनीहरु झन्डै ढलेनन् । किनकि उक्त कोठामा पिसाबले भरिएका हजारौं बियरका क्यान तथा दिसा कोचिएका खानेकुराका बट्टाले भरिपूर्ण थियो ।
कन्सिडाइन दम्पतीले आफ्नो दुई कोठे फ्ल्याट सात वर्षअघि एक चिनजानका व्यक्तिलाई सस्तो दरमा भाडामा दिएका थिए । ती व्यक्ति क्रिसका पूर्व सहकर्मी थिए र पैसाको अभावले गर्दा पालमा बसिरहेका थिए । आर्थिक अभावमा परेका उनलाई सहयोग स्वरुप दयालु क्रिसले केही समयका लागि घरमा बस्न दिएका थिए ।
तर ती व्यक्तिले घर छाडेनन् । सात वर्षसम्म कुनै भाडा नतिरी उनी त्यहाँ बसे । भाडा नतिर्ने मात्र होइन उनले घरको कुनै सरसफाइ तथा हेरचाह पनि गरेनन् ।
उनले ७ वर्षसम्म कुनै भाडा तिर्नु त परै जाओस्, घरधनीलाई फ्ल्याटभित्र जानसमेत दिएनन् । अन्ततः उनले सन् २०२५ को जनवरीमा एक्कासी फ्ल्याट छाडे ।
जब घरधनी स्यान्ड्रा र क्रिस उक्त फ्ल्याटभित्र प्रवेश गरे, उनीहरू अचम्मित र स्तब्ध भए । फ्लाटभित्र हजारौं बीयरका क्यान, पिसाब र दिसा भरिएका डब्बा थिए र भित्र छिर्नै नसकिने दुर्गन्ध थियो । साथै पूरै घर ध्वस्त अवस्थामा थियो ।
सो दृश्यको वर्णन गर्दै स्यान्ड्रा भन्छिन्- बीयरका हजारौं क्यान घरभरि थिए, जसमा पिसाब भरिएको थियो । प्लास्टिक डब्बा र फास्ट फुडका बट्टामा दिसा हालेर राखिएको थियो । यस्तो दुर्गन्ध थियो कि एकछिन पनि भित्र बस्न सकिँदैनथ्यो । कुनै मान्छे यसरी पनि बस्नसक्छ भन्ने कुरा पत्याउनै गाह्रो पर्थ्यो ।
फ्ल्याटभित्र किचेन, बाथरूम, फर्निचर, भित्ता, कार्पेट तथा सबै उपकरणहरू पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा रहेको उनको भनाइ छ ।
घरधनी ७० वर्षीय क्रिस क्यान्सर रोगी हुन् र अहिले क्यान्सरको उपचार गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था निकै कमजोर छ । उता पत्नी स्यान्ड्राको स्वास्थ्य पनि खासै राम्रो छैन । यस्तो अवस्थामा उनीहरुले त्यो घर सफा गर्ने वा मर्मत गर्नसक्ने सम्भावना छैन ।
त्यसैले घर मर्मत तथा सफाइका लागि मोटै रकम खर्च आवश्यक पर्ने देखिएपछि स्यान्ड्राकी २५ वर्षीया छोरी रोज कन्सिडाइन ले गो फण्ड मी मार्फत आर्थिक सहयोग जुटाउने अभियान थालेकी छन् ।
उनी भन्छिन्- हामी आमाबुबाका लागि केही राहत जुटाउन चाहन्छौं । सात वर्षसम्म उहाँहरु शोषणमा पर्नुभयो । हामी चाहन्छौं आमाबुवा पुनः सुरक्षित र सम्मानजनक जीवन जिउन सक्नुहोस् । -एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4