+
+
Shares

जिल्ला प्रशासन कार्यालय रामेछापमा विद्युतीय टोकन प्रणाली

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते ६:२६
टोकन प्रणाली प्रयोग गर्दै एक सेवाग्राही

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय रामेछापले साउन १ गतेदेखि सेवाग्राहीलाई प्रभावकारी सेवा दिन विद्युतीय टोकन प्रणाली सुरु गरेको छ।
  • प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले भने, \'सेवामा कसैले पनि भेदभाव महसुस नगरोस् भन्ने उद्देश्यले हामीले टोकन प्रणाली ल्याएका हौं।\'
  • रामेछाप नगरपालिकाको सहयोगमा जडान गरिएको यो प्रणाली नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र शाखामा लागू गरिएको छ ।

२ साउन, काभ्रेपलाञ्चोक । सेवाग्राहीलाई प्रभावकारी र सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले विद्युतीय टोकन प्रणाली सुरु गरेको छ ।

साउन १ गतेबाट सुरु गरिएको टोकन प्रणालीले सेवा लिने क्रमलाई व्यवस्थित गर्दै सेवाग्राहीको समय र श्रम दुवै बचाउने अपेक्षा गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएको सन्दर्भमा छिटो आउनेको छिटो काम होस् भन्ने सोचका साथ टोकन प्रणाली सुरु गरिएको उनको भनाइ छ । ‘सेवामा कसैले पनि भेदभाव महसुस नगरोस् भन्ने उद्देश्यले हामीले टोकन प्रणाली ल्याएका हौं, यसले सेवा प्रवाहलाई व्यवस्थित बनाउँछ,’ प्रजिअ थापाले भने ।

सबैभन्दा धेरै चाप हुने नागरिकता तथा प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा यो प्रणाली लागू गरिएको छ ।

रामेछाप नगरपालिकाको सहयोगमा टोकन प्रणाली जडान गरिएको हो । सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र सुशासनमुखी बनाउन टोकन प्रणाली सहयोगी हुने जिल्ला प्रशासन कार्यालय रामेछापको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?