
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री र अपाङ्गमैत्री सडक संरचना बनाउन सरकारले ध्यान दिइरहेको बताएका छन्।
- मन्त्री दाहालले लिफ्ट र आकाशे पुल बनाउन योजनाबद्ध रूपमा काम भइरहेको र ज्येष्ठ नागरिकका लागि एड्भान्स लिफ्ट राख्ने प्रस्ताव गरिएको जानकारी दिए।
- उनले आर्थिक अभावका कारण निर्माण सुस्त भइरहेको र कोटेश्वरसम्म सडक जोड्नुपर्ने बताए।
२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउन सरकारले ध्यान दिइरहेको बताएका छन् ।
पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा बोल्दै दाहालले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गरे ।
ठाउँ-ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उनले जानकारी दिए ।
‘विस्तारै विस्तारै हामीले हाम्रो संविधानमा पनि र हाम्रो मन्त्रालयकै पनि वातावरणमैत्री, डिसेबलमैत्री सवारी संरचनाहरु बनाउनुपर्छ भन्ने छ । त्यो गर्दा हामीले लिफ्टको पनि कुरा अघि सारेका छौं’ उनले भने, ‘ठाउँ-ठाउँमा ज्येष्ठ नागरिकहरूको लागि लिफ्ट राखेर आकाशे पुलबाट क्रस गर्ने योजना छ । एड्भान्स लिफ्ट नै राख्ने प्रस्ताव गरेका छौँ । दातासँग अनुरोध गरेका छौँ ।’
उनले थपे, ‘बसुन्धरा भन्दा अगाडि बनाउन किन सकिएन भने नेपाल सरकारले नसक्ने भयो । मुआब्जा दिन्छु भन्दा पनि नसक्ने अवस्था छ ।’
आर्थिक अभावका कारण निर्माण सुस्त भइरहेको तर्क उनले गरे । ‘त्यहाँभन्दा उता नेपाल सरकारले नै बनाउने र ठाउँ ठाउँमा बनाइरहेको पनि छ । रकम थोरै भएकाले गति धिमा नै छ । कोटेश्वरसम्म नै जोड्नुपर्ने भएको छ,’ उनले भने ।
प्रतिक्रिया 4