News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल तोकिएको समयमै हुने जनाएको छ।
- एन्फाले एएफसी र फिफाबाट स्वीकृति प्राप्त भइसकेको र बंगलादेश फुटबल फेडेरेसनले पनि खेल पुष्टि गरेको जनाएको छ।
- एन्फाले भियतनामसँगको एसियन कप छनोट खेललाई मध्यनजर गर्दै बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल आयोजना गर्ने जनाएको छ।
२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल तोकिएको समयमै हुने जनाएको छ ।
एन्फाले शुक्रबार विज्ञप्ति जारी गर्दै भदाै २१ र २४ गते (सेप्टेम्बर ६ र ९) मा फिफा ईन्टरनेशनल विन्डोअन्तर्गत बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल दशरथ रंगशालामै हुने जनाएको हो ।
नेपालमा नेपाल र बंगलादेशबीच फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि आवश्यक प्रक्रियाहरू पूरा गरी जुलाई ७, २०२५ मा एएफसी र फिफावाट स्वीकृति प्राप्त भइसकेको र एन्फा र बंगलादेश फुटबल फेडेरेसनले पनि उक्त खेलको पुष्टि गरिसकेको एन्फाले जनाएको छ ।
मैत्रीपूर्ण खेललाई जोडेर केही भ्रमपूर्ण समाचार आएको भन्दै एन्फाले त्यसले खण्डन समेत गरेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामसँगको दुई खेललाई मध्यनजर गर्दै एन्फाले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र बंगलादेशको खेल दशरथ रंगशालामा भएमा नेपालमा पुरुष अन्तर्राष्ट्रिय खेलको पुनरागमन समेत हुनेछ । पछिल्लो समय दशरथ रंगशालामा पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेलहरू भएको छैन ।
एसियन कप छनोटमा नेपालले यमनसँग खेलेयता दशरथ रंगशालामा पुरुष अन्तर्राष्ट्रिय खेल भएको छैन ।
प्रतिक्रिया 4