+
+
Shares

ट्रम्पको भन्सार शुल्क वृद्धिबारे सिल्भाको प्रतिक्रिया : नाजायज दबाब

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने चेतावनीलाई अस्वीकार्य ब्ल्याकमेल र नाजायज दबाब भनेका छन्।
  • ट्रम्पले पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध राजनीतिक प्रतिशोधबाट प्रेरित कारबाही भएको आरोप लगाउँदै ब्राजिलमाथि आगामी जुलाई ९ मा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए।
  • लुला डा सिल्भाले ट्रम्पको समर्थन गर्ने नेताहरूलाई देशविरोधी भनेका छन् ।

२ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा ५० प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने चेतावनीप्रति प्रतिक्रिया दिएका छन्।

लुला डा सिल्भाले टेलिभिजनमा प्रसारित सम्बोधनमा ट्रम्पको उक्त धम्कीलाई अस्वीकार्य ब्ल्याकमेल, नाजायज दबाब भनेका छन्।

पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध ब्राजिल सरकारले ‘विच हन्टिङ’ अर्थात् राजनीतिक प्रतिशोधबाट प्रेरित कारबाही गरिरहेको आरोप लगाउँदै ट्रम्पले ब्राजिलमाथि आगामी जुलाई ९ मा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए।

बोल्सोनारोमाथि सन् २०२२ को निर्वाचन उल्ट्याउने षड्यन्त्रमा संलग्न भएको आरोपमा मुद्दा चलिरहेको छ।

यदि दुवै देशबीच कुनै सम्झौता भएन भने ब्राजिलमाथि ५० प्रतिशत भन्सार शुल्क १ अगस्टदेखि लागु हुनेछ।

लुला डा सिल्भाले आफ्नो भाषणमा ट्रम्पको समर्थन गर्ने नेताहरूलाई देशविरोधी भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?