
२ साउन, दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी ४३ वर्षिय खिमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार बेलुकी ७ बजे राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनिया स्थित महदेवा देखि सिसहनियाँतर्फ जादै गरेको रात २ प ६२६१ नम्बरको मोटरसाइल सिसहनिया पुलको रेलिङ्गमा अनियन्त्रित भइ ठोक्किदा मोटरसाइकल चालक पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4