
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन्।
- विद्यार्थी र शिक्षकहरूले संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै आन्दोलन गरिरहेका छन्।
- शिक्षकहरूले १९ असारदेखि आन्दोलन सुरु गरी २५ असारदेखि पठनपाठन बन्द गरेका छन्।
४ असार, काठमाडौं । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।
अध्ययन संस्थान स्वायत्तता हुनुपर्ने र पठनपाठन सञ्चालको माग राखेर विद्यार्थीहरू उपकुलपतिको कार्यलय घेराउ गर्न पुगेका हुन् ।
आइतबार दिउँसो विद्यार्थीहरू ‘सपना थियो इन्जिनियर बन्ने, आन्दोलनकर्ता पो भयौं’ लगायतको नारा लगाउदै कीर्तिपुर पुगेका थिए ।
‘स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएका हौँ,’ पुल्चोक क्याम्पसका स्ववियु अध्यक्ष स्वयं श्रेठले भने ।
विद्यार्थीहरूले कक्षाको ढोका खोल्देउ सरकार, अबको लडाइँ इन्जिनियरिङ अध्ययन संस्थानको बचाइ लगायतको नारा लेखेको प्लेकार्ड बोकेर उपकुलपतिको कार्यालयमा गएका थिए ।
२०५५ सालमा बनेको विकेन्द्रीकरणको नियम अनुसार संस्थान सञ्चालदन हुँदै आएकोमा २०८० सालमा त्रिविको बजेट वक्तव्यले अधिकार कटौती गरेको हो ।
इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले २०८० देखि नै आन्दोलन गर्दै आएका छन् । यसपकट भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन् ।
संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग विद्यार्थी र शिक्षकहरूको छ ।
१९ असारदेखि शिक्षकहरूले आन्दोलन सुरु गरेका थिए । आन्दोलनरत शिक्षकहरूले २५ असारदेखि भने पठनपाठन बन्द गराएका थिए ।
प्रतिक्रिया 4