+
+
Shares

पदाधिकारी हेरफेर अद्यावधिक नभएपछि रास्वपा पुग्यो निर्वाचन आयोग

महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १४:०१

४ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर छलफल गरेका छन् ।

भेटपछि महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगले पदाधिकारी हेरफेरमा विलम्ब गरेको बुझ्न आएको जानकारी गराए ।

‘विलम्ब नहुनुपर्ने केही कैफियत छ कि भनेर कुरा राख्न आएका थियौं,’ बुर्लाकोटीले भने,‘पार्टीबाट बुझाइएका सबै जसो पुगेको उहाँहरुले भन्नुभएको छ । पदाधिकारी हेरफेर भएको विवरण पटक-पटक बुझाइरहेका पनि छौं ।’

आयोगले रास्वपाका पदाधिकारी हेरफेर अद्यावधिक नगर्दा पूर्वमहामन्त्री त्यही पूर्ववत् पदमा फर्कन पाउनुपर्ने मागसहित सर्वोच्च अदालत गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?