
४ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूनिकटका सांसदलाई छलफलका लागि डाकेका छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् । संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे । उनका अनुसार हाल छलफल जारी रहेको छ ।
पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तीव्र पारेका छन् ।
पूर्व राष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर कोइरालाले भेटेका थिए । कोइराला निकटका नेताहरूका अनुसार उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेट्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4