+
+
Shares
'कमेडी च्याम्पियन'का साझेदारको विवाद :

‘भण्डारीले गाडी दुर्घटना गराएको खर्च कम्पनीमा जोडेपछि लगानी फिर्ता मागेँ’

‘चेक बाउन्समा भण्डारीलाई हिरासतमा राखिएको थियो’

निर्देशक भण्डारीले स्टाटसमा अर्का साझेदार हरि भट्टराईको नाम नखुलाइकन सम्झौता विपरित पैसा फिर्ता मागेर आफूलाई टर्चर दिएको उल्लेख गरेका थिए । उनको यो स्टाटसको केही घण्टा लगत्तै भट्टराईले विज्ञप्तिमार्फत आफू किन निर्माता कम्पनीबाट बाहिरिन चाहेको हो भन्ने कुरामा स्पष्टीकरण दिने प्रयास गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १७:५४
विशाल भण्डारी (बायाँ) र हरि भट्टराई : फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशाल भण्डारीले मादक पदार्थ सेवन गरी सवारी दुर्घटना गराएपछि आफूले लगानी फिर्ता मागेर कम्पनीबाट बाहिरिन चाहेकोसाझेदार हरि भट्टराईले विज्ञप्तिमा खुलाएका छन्।
  • २०८१ पुस १० गते अदालतले भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी गरेको र उनी केही समय प्रहरी हिरासतमा राखिएको भट्टराईले पहिलोपटक सार्वजनिक गरेका छन्।

काठमाडौं । टिभी कार्यक्रम निर्माता कम्पनी ‘थ्री प्रोडक्सन प्रालि’का साझेदारबीचको विवाद चर्किएको छ । यसका एक साझेदार तथा ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले आइतबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीसँग न्याय मागेका थिए ।

भण्डारीको स्टाटसपछि यो विवाद झनै चर्किएको छ । आफूले फेसबुकमा स्टाटस लेखेपछि यस विषयमा प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको सचिवालयले पनि चासो राखेको उनले बताएका छन् ।

निर्देशक भण्डारीले स्टाटसमा अर्का साझेदार हरि भट्टराईको नाम नखुलाइकन सम्झौता विपरित पैसा फिर्ता मागेर आफूलाई टर्चर दिएको उल्लेख गरेका थिए । उनको यो स्टाटसको केही घण्टा लगत्तै भट्टराईले विज्ञप्तिमार्फत आफू किन निर्माता कम्पनीबाट बाहिरिन चाहेको हो भन्ने कुरामा स्पष्टीकरण दिने प्रयास गरेका छन् ।

उनको विज्ञप्तिमा एउटा नयाँ कुरा पनि छ, जुन सतहमा आएको थिएन । २०८१ साल पुस १० गते अदालतबाट भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको र उनी केही समय प्रहरीको हिरासतमा बसेको उल्लेख छ ।

भण्डारीको योजना सुनिसकेपछि २०८० साल कात्तिक १५ मा १ लाख कित्ता सेयर र ५० हजार कित्ता अग्राधिकार सेयर गरि कुल १ लाख ५० हजार कित्ता सेयर स्वामित्व लिन आफूले सहमति गरेअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रक्रिया पुरा गरिएको भट्टराईले उल्लेख गरेका छन् ।

२०८० साल चैत ८ गते राति मादक पदार्थ सेवन गरी भण्डारीले चलाएको सवारी भक्तपुरस्थित सडकमा दुर्घटना भएको घटनापछि आफू कम्पनीबाट बाहिरिन चाहेको भट्टराईले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘दुःखको कुरा के भने भण्डारीले मादक पदार्थ सेवन गरी चलाएको कम्पनीको गाडी दुर्घटना पश्चातको सम्पूर्ण खर्च सबै एकलौटी ढंगले श्री प्रोडक्सन प्रालिबाट गराए जसमा मेरो आपत्ति र असहमति रहिरह्यो । त्यसपछि मैले आफू अब सहकार्य गर्ने पक्षमा नरहेको र कानूनी रुपमा लगानी फिर्ता गर्न चाहेको बताएँ ।’

‘उक्त घटनापछि ‘थ्री प्रोडक्सन’बाट मैले सम्पूर्ण लगानी फिर्ता लिने सहमति समेत भयो’ भट्टराई लेख्छन्, ‘तर भुक्तानीका लागि भण्डारीले जारी गरेको चेकको खातामा रकम अभावका कारण पटकपटक बाउन्स भएपछि मैले चेक अनादर प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा निवेदन दिएँ ।’

भण्डारीले ५० लाख रुपैया २०८१ मंसिर ९ गतेसम्म भुक्तानी गर्ने र बाँकी ७० लाख रुपैयाँ २०८१ मंसिर अन्तिमसम्म भुक्तानी गर्ने सहमति भएको भट्टराईले विज्ञप्तिमा बताएका छन् ।

‘तोकिएको समयभित्र भुक्तानी नपाए चेक बाउन्सको मुद्धा दायर गर्नेसम्मको सहमति समेत त्यतिवेला नै गरिएको थियो । भुक्तानी नपाएपछि मैले सहमतिअनुसार नै जिल्ला प्रहरी परिसरमा चेक बाउन्सको मुद्धा दायर गरें’ उनले लेखेका छन् । २०८१ साल पुस १० गते अदालतबाट पक्राउ पुर्जी जारी भएपछि भण्डारीलाई केही समय प्रहरी हिरासत काठमाडौंमा राखिएको खुलासा पनि भट्टराईले गरेका छन् । यो कुरा पहिलोपटक सतहमा आएको हो ।

आइतबार भण्डारीको आफ्नै अकाउन्टबाट आफू र गैरआवासीय नेपाली संघलार्ई लाञ्छित गर्ने र अनावश्यक विवादमा ल्याउने काम भएको भन्दै भट्टराईले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?