+
+
Shares

कुलिङ पिरियड नराख्न संशोधन हालेर एमालेबाट धोका भयो, जवाफ मागौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १९:०९

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा नेकपा एमालेका सांसदहरूले हालेको संशोधन आपत्तिजनक भएको बताएका छन् ।

गठबन्धनका दलहरूबीच भएको सहमति विपरीत संशोधन हाल्नु एमालेको दोहोरो चरित्र मात्रै नभएर देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका भएको बताएका छन् ।

‘नेकपा एमालेका सांसदहरुले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’

उनले एमाले सांसदहरूले हालेको उक्त संशोधन पास हुन दिन नहुने पनि बताएका छन् ।

‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ । साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न,’ उनले भनेका छन्, ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही द्वीविधामा नपरे हुन्छ ।’

एमालेका तर्फबाट पाँच जना सांसदले कुलिङ पिरियड नै राख्न आवश्यक नरहेको तर्कसहित संशोधन प्रस्ताव राखेका हुन् ।

राष्ट्रिय सभामा भएको विधेयकमाथिको छलफलमा समेत एमाले सांसदहरू कुलिङ पिरियडको विषयमा मौन रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?