+
+
Shares
मोडल वाच :

‘कमब्याक’ अवतारमा जीवन (मोडल वाच)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस्टर नेपाल तथा अभिनेता जीवन लुइँटेल सात वर्षपछि साउन ८ गतेदेखि एक्टिङमा पुनरागमन गर्दैछन्।
  • जीवन लुइँटेलले कान्तिपुर थिएटरको नाटक 'शिरिषको फूल'मा सुयोगवीरको भूमिका निभाउनेछन्।
  • उनको फिल्मी कमब्याक 'नाईं नभन्नू ल ७' बाट हुने सम्भावना छ र निर्देशक विकास आचार्यसँग कुरा अघि बढिरहेको छ।

काठमाडौं । ७ वर्षपछि पूर्वमिस्टर नेपाल तथा अभिनेता जीवन लुइँटेल अभिनयमा फर्किने संघारमा छन् । साउन ८ गतेदेखि उनको औपचारिक पुनरागमन हुँदैछ एक्टिङमा ।

उक्त दिन कान्तिपुर थिएटरले पारिजातको चर्चित नाटक ‘शिरिषको फूल’लाई नाटकको रुपमा मंचन गर्दैछ । यो नाटकको शीर्षमध्येको भूमिका सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्दैछन् ।

यद्यपि, उनको फिल्मी कमब्याक भने तय भैसकेको छैन । सबै कुरा योजनाअनुसार अघि बढेमा, जीवनले ‘नाईं नभन्नू ल ७’बाट अभिनयमा पुनरागमन गर्ने पक्कापक्कीजस्तै छ । यसबारे निर्देशक विकास आचार्य र अभिनेता लुइँटेलबीच धेरै कुरा अघि बढिसकेको छ ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका जीवन निकट भविष्यमा पनि अभिनयलाई निरन्तरता दिने पक्षमा छन् । हालैको एक अपरान्ह अनलाइनखबरको स्टुडियोमा जीवनले साहित्य, अभिनय र चलचित्रबारे कुराकानी गरे ।

सो अवसरमा उनले फोटोसुट पनि गरे । ‘टल एण्ड ह्यान्डसम’ उनी सँधैझैं स्टाइलिस देखिएका छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?