
५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको छ । कांग्रेस नेता एवं सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बोलाइएको हो । नेता सिंहले संयोजन गरेर दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको एक नेताले बताए ।
पूर्व पदाधिकारीहरुको महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी छलफलमा जुटेका नेताहरुको विगतकै निरन्तरका रुपमा सोमबार बैठक आह्वान गरिएको हो ।
पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा प्रकाशशरण महतले यसअघि पनि छलफल गर्दै आएका थिए ।
सात नेताले सातै प्रदेशमा अन्तर्क्रिया गर्ने तयारी गरेका छन् । सातै प्रदेशमा अन्तर्क्रिया गर्ने तयारीको बारेमा आज थप छलफल हुने सोही समूहका एक नेताले जानकारी गराए ।
काठमाडौंमा पहिलो कार्यक्रम गरेर अन्य प्रदेशमा जाने गरी यसअघि तयारी भएको थियो । ती नेताले भने, ‘महाधिवेशनमा मिलेर जाने बारे छलफल हुन्छ । सातै प्रदेशमा कार्यक्रम गर्ने बारे आज थप छलफल हुन्छ ।’
प्रतिक्रिया 4