+
+
Shares

१३ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १४:३७

५ साउन, काठमाडौं । गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक –इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ  ।

मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले १३ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

बैठकको निर्णयअनुसार बढुवा गर्न सिफारिस गरिएका डीएसपीहरूको नाम, दर्जा र जिम्मेवारीसहितको विवरण सार्वजनिक गरिएको छ ।

बढुवा हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा कार्यरत बसन्त गौतम, प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग नक्सालमा कार्यरत पञ्चलाल गोले,  केन्द्रीय अनुसन्धान इकाई सुर्खेतमा कार्यरत होम प्रकाश चौधरी, विशेष अदालत समन्वय तथा  सुरक्षा प्रहरी इकाई रामशाहपथ काठमाडौंमा कार्यरत अनिल पण्डित रहेका छन् ।

डीएसपीमा बढुवा भएका थप इन्सपेक्टरहरुमा उपत्यका प्रहरी कार्यालय आर्थिक प्रशासन शाखा काठमाडौंमा कार्यरत प्रकाश थापा, साइबर ब्युरो टेकु काठमाडौंमा कार्यरत दिलिप क्षेत्री, कोशी प्रदेश प्रहरी कार्यालय मोरङमा कार्यरत शेखरजंग मल्ल रहेका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत पोषणराज थपलिया, नेपाल प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुसन्धान महाशाखा कार्यालय नक्सालमा कार्यरत राजु कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालय लेखा शाखा पोखरामा कार्यरत निशेष चापागाईंलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ ।

डीएसपी बढुवा हुने थप इन्सपेक्टरहरुमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय सुनसरीमा कार्यरत चन्द्र बहादुर खड्का, इलाका प्रहरी कार्यालय सिजुवा मोरङमा कार्यरत होम प्रसाद अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय उजुरी छानबिन तथा मानव अधिकार शाखा रानीपोखरीमा कार्यरत उपेन्द्र खरेल रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?