
५ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश भएको छ ।
आजबाट सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका हुन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका हुन् ।
पार्टीका पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा उनले माओवादी केन्द्रसँग एकता गरेयता कम्युनिष्ट आन्दोलनमा देखा परेको समस्या, माधव नेपाल–झलनाथ खनाल लगायतका नेताहरूले दिएको धोका लगायतका विषयमा ब्रिफिङ गरेका हुन् ।
अहिले खाजा ब्रेक चलेको छ । खाजा ब्रेकपछि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।
पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीलाई समेत प्रवेश दिइएको छैन ।
अहिले सञ्चारकर्मीहरू गेटबाहिरै कुरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4