
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ।
- शिक्षकहरूको २९ दिन लामो आन्दोलनका कारण नतिजा सार्वजनिकमा १० दिन ढिलाइ हुने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
- परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।
५ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।
गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।
परीक्षा ढिलागरी भएकाले नतिजा पनि १० दिन ढिला सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
‘उत्तर पुस्तिका परीक्षणको काम सकिएको छ । अहिले इन्ट्रीको काम धामधम भइरहेको छ । नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी छ,’ उनले भने ।
बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4