
सनिशा भट्टराई सकम्बरीको रोलमा (बायाँ) र सुयोगवीरको भूमिकामा जीवन लुइँटेल ।
News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुर फिल्म एकेडेमीले साउन ८ गतेदेखि साउन महिनाभरि प्रत्येक दिन साँझ ५ः३० बजे 'शिरीषको फूल' नाटक मञ्चन गर्नेछ।
- नाटक 'शिरीषको फूल'मा जीवन लुइँटेल, सनिशा भट्टराई र राज न्यौपाने मुख्य भूमिकामा देखिएका छन्।
- पत्रिका घिमिरेले लेखन तथा निर्देशन गरेको यो नाटक पारिजातको चर्चित उपन्यासमा आधारित छ।
काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको दोस्रो नाटक ‘शिरीषको फूल’को पहिलो झलक सार्वजनिक गरिएको छ ।
यो नाटकमा अभिनेता जीवन लुइँटेल सुयोगवीर, अभिनेत्री सनिशा भट्टराई सकम्बरी र अभिनेता राज न्यौपाने शिवराजको चरित्रमा देखिएका छन् ।
नाटकको रिहर्सलबाट प्राप्त तस्वीरमा यी तीनैजना कलाकारलाई उनीहरूको चरित्र देख्न सकिन्छ । पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’मा आधारित यस नाटकको लेखन तथा निर्देशन पत्रिका घिमिरेले गरेकी हुन् ।
नाटक साउन ८ गते बिहीबारदेखि साउन महिनाभरि प्रत्येक दिन साँझ ५ः३० बजे कान्तिपुर थिएटर, गैह्रीधारा (कान्तिपुर फिल्म एकेडेमी परिसर) मा मञ्चन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4