News Summary
Generated by OK AI. Editorially reviewed.- तीर्थ गुरुङको उपन्यास हिउँको गीतमा सयौं वर्ष पुरानो कथा भएकाले यथार्थवादमा कतिपय तथ्य प्रमाणित हुन नसक्ने खतरा छ र उनले जादुयी यथार्थवाद प्रयोग गरेका छन्।
- रैथाने ज्ञान परम्परामा ज्ञान सामूहिक र कथावाचनमा आधारित हुन्छ, जसलाई गुरुङले उपन्यासमा बाजे विउराको कथावाचनमार्फत प्रस्तुत गरेका छन्।
- उपन्यासले औपनिवेशिक शक्तिको प्रवेशसँगै रैथाने समाजको विघटन र भाषामार्फत सांस्कृतिक आक्रमणको पक्षलाई पनि प्रस्ट पारेको छ।
उपन्यासकार तीर्थ गुरुङको उपन्यास हिउँको गीतभित्रको कथा पनि सयौं वर्ष पुरानो भएकाले यथार्थवादको कसीमा कतिपय तथ्य प्रमाणित हुन नसक्ने खतरा हुनु स्वाभाविक हो । त्यसकारण गुरुङले कथावाचनमा जादुयी यथार्थवादको प्रयोग गर्नु वाञ्छनीय देखिन्छ । यो रैथाने कथावाचनको गुण पनि हो त्यसकारण कथावाचनमा गुरुङ अब्बल देखिन्छन्।
त्रिवेणी
आख्यानको मूल पक्ष कथावाचन हो । कथावाचनका अनेक तौरतरिका अभ्यासमा रहेको पाइन्छ । तीमध्ये एक जादुयी यथार्थवाद हो, जहाँ लेखकले यथार्थवादी कथावाचन गर्दै जाँदा एकाएक यथार्थभन्दा परको कथा सुनाउन पुग्छन् र पुनः यथार्थमै फर्कन्छन् । कथावाचनको यो शैली सबै खाले रैथाने कथामा पाइन्छ तर यसलाई मूलधारको वादका रूपमा विकसित गराउन चर्चित कोलम्बियाली लेखक मार्खेजको ठूलो देन छ । यहाँनेर प्राचीन आदिवासीका कथामा हुने गुण मार्खेजको लेखनमा कसरी आयो ?
यही प्रश्नले जादुयी यथार्थवादको मर्मलाई प्रस्ट्याउँछ । रैथाने ज्ञान परम्परामा ज्ञान लेख्य रूपमा अभिलेखीकरण नहुने हुँदा इतिहास लेखे जसरी स्पष्ट रूपमा सदैव समाजमा रहिराख्दैन । त्यस कारण त्यस्ता खाले रैथाने कथामा केही चिज अप्रामाणिकताको कारण जादुयी रूपमा भित्रिन्छन् ।
मार्खेजको हकमा पनि स्पेनी र पोर्चुगाली उपनिवेशको चपेटामा परेको समाज भएकोले कोलम्बियालीको स्पष्ट इतिहास थिएन । उपनिवेशले लादेको भाषा र संस्कृतिले प्राचीन इतिहासलाई ओझेलमा पारेको थियो त्यसकारण त्यहाँको कथा तथ्यगत रूपले स्पष्ट थिएनन् । जब जब तथ्य स्पष्ट हुँदैनन्, यथार्थवादी लेखक द्विविधामा पर्छन् ।
त्यो अवस्थामा कथावाचनको तरिका फेर्नुपर्छ किनभने यथार्थवादको कसीमा उक्त कथा विरोधाभास बन्न सक्छ र यथार्थ नै लेख्दै जाँदा कथाको तथ्यको अप्रामाणिकताबाट पन्छिन कथावाचकले सिर्जनशील तरिकाले कथालाई केही बेर जादुयी बनाउँछन् र यसलाई नै जादुयी यथार्थवाद भनिन्छ ।
उपन्यासकार तीर्थ गुरुङको उपन्यास हिउँको गीतभित्रको कथा पनि सयौं वर्ष पुरानो भएकाले यथार्थवादको कसीमा कतिपय तथ्य प्रमाणित हुन नसक्ने खतरा हुनु स्वाभाविक हो । त्यसकारण गुरुङले कथावाचनमा जादुयी यथार्थवादको प्रयोग गर्नु वाञ्छनीय देखिन्छ । यो रैथाने कथावाचनको गुण पनि हो त्यसकारण कथावाचनमा गुरुङ अब्बल देखिन्छन्।
आख्यान लेखनमा विम्बको अभ्यास एक आम अवधारणा हो । नेपाली आख्यान लेखनमा विम्बको उँचो स्थान छ । तीर्थ गुरुङको आख्यान हिउँको शक्तिराष्ट्रसँगको सङ्घर्षको कथा हुनसक्ने विम्बात्मक छनक छाडेका छन् । यो विम्बात्मकतालाई कुनो लगाउने अन्य थुप्रै आधार भने गीतमा पनि विम्बमा काम गरेको देखिन्छ ।
मध्यपूर्वको लडाकु मार्फत कथा सुनाएर गुरुङले उक्त आख्यानको कथालाई मध्यपूर्वी मुलुकको पश्चिमा आख्यानमा पाइन्छन् । हिउँको गीतको समाज गुरुङ जातिको धर्मशास्त्रले व्याख्या गरेको कथनसँग मिल्ने भएकाले यसमा विम्बात्मक कथाभन्दा पनि रैथाने कथाको मर्मलाई पर्गेल्नु युक्तिसङ्गत हुन्छ । यो अवधारणापत्रमा हामी गुरुङको आख्यान हिउँको गीतलाई रैथान ज्ञान निर्माण परम्पराको दृष्टिकोणले हेर्नेछौं ।
के हो रैथाने ज्ञान परम्परा ?
रैथाने ज्ञान परम्पराको चर्चा गर्नुपूर्व हामीले औपनिवेशिक ज्ञान प्रणालीबारे चर्चा गर्नु वाञ्छनीय हुन्छ । कोलोनियल ज्ञान प्रणालीबारे आफ्नो पुस्तक डिकोलोनाइजिङ मेथेडोलोजिजमा लेखक लिन्डा स्मिथ लेख्छिन्, “यो ज्ञान परम्पराले रैथाने ज्ञान परम्परालाई ‘अन्य’ कोटामा राखी पाखा लगाउँछ । सँगै, यस्तो ज्ञान परम्पराका संस्था (सङ्ग्रहालय र विश्वविद्यालय) ले साम्राज्यवादी विचार तथा सामग्रीको प्रचार गरी त्यसलाई मूलधारमा स्थापित गर्न सघाउँछन् र रैथाने ज्ञान परम्परालाई छद्म ज्ञान भनी किनारा लगाउने प्रचलन यो ज्ञान प्रणालीमा हुन्छ ।”
सँगै यो ज्ञान पद्धतिले वस्तु र विचारमाथिको अपनत्वको धारणा राख्छ जसको फलस्वरूप कपीराइट प्रणाली चल्तीको ज्ञान निर्माण प्रणालीको अभिन्न अंश बनिसकेको छ तर रैथाने ज्ञान निर्माण प्रणालीले भने वस्तु र विचारसँगको सम्बन्ध खोज्छ न कि त्यसमाथिको अपनत्व । चिजलाई होलिस्टिक अर्थात् एकअर्कासँग सम्बन्धित भनी बुझ्ने यो ज्ञान परम्पराका आफ्नै तौरतरिका र पद्धति छन् । यो अवधारणापत्रमा हामी सोही रैथाने ज्ञान निर्माण पद्धतिको साझा गुणसँग हिउँको गीत नामक उपन्यासको सम्बन्धलाई केलाउने यत्न गर्नेछौं।
रैथाने ज्ञान प्रणालीका गुण
रैथाने ज्ञान प्रणालीका पृथक् गुण छन् । ती गुण औपनिवेशिक प्रणालीसँग कत्ति पनि मिल्दैनन् । ती गुण निम्नानुसार उल्लेख गरिएका छन् :
कथावाचन नै ज्ञान निर्माणको आधार
रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुन्छ न कि व्यक्तिगत, र ज्ञान कथावाचनसँग सम्बन्धित हुन्छ । उदाहरणका लागि सामुद्रिक सतहको उचाइ बढिरहेको र माल्दिभ्स जस्ता देश केही वर्षमा पानीमुनि जान सक्ने आजका विज्ञहरू बताउँछन् तर अस्ट्रेलियाको समुद्रनजिकै बसोबास गरेका र समुद्रको लय बुझेका आदिवासीको कथा अध्ययन गर्दा भूगोलविद् प्याट्रिक नन र भाषाविद् निकलस रेडले उनीहरूका २७ वटा रैथाने कथामा समुद्रको सतह बढ्दै जाने कथन पाए । यसरी रैथाने ज्ञान प्रणालीमा ज्ञान र अनुभव कथाका रूपमा समाजमा बाँचेका छन् । यसै गरी तीर्थ गुरुङको उपन्यासमा शतायु बाँचेको पात्र छ जसको नाम हो- बाजे विउरा ।
बाजे विउरा आफ्ना नातिनातिनालाई कथा सुनाउँछ । यस अतिरिक्त अन्य पात्रहरू कच लुँतुं र छ्यापच्यु पनि उपन्यासमा बेला–बेला कथा सुनाउँछन् । बाजे विउराले सुनाएको एउटा कथामा दाजु व्यापारमा जाने क्रममा देवर भाउजूबीच भएको यौन सम्बन्धको कुरा आउँछ । यो कथाले आजको लङ डिस्टेन्स रिलेसनमा हुने समस्यालाई दर्साउँछ । यहाँनेर बाजे विउराले कथा मात्र सुनाइरहेको छैन, आफूले शतायु बाँच्दा देखेको परिवारको विखण्डनको एउटा कारणलाई पनि बताइरहेको छ । यसरी विउराको कथामा पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको छ ।
स्थानविशेष वातावरणीय सम्बन्ध
पोखराको दक्षिणी भेगमा निर्मलपोखरी र भोटेपोखरी सहितको डाँडो छ जसलाई हामी ‘वरको डाँडा’ भनेर चिन्थ्यौं । मेरो बुढी फुपूलाई त्यहीं दिइएको रहेछ । उहाँले सुनाएको सम्झन्छु, “वरको डाँडाका हामी त्योभन्दा तल्लो अर्थात् ढोरको डाँडामा ढोरको छाँगो देखिएपछि बर्खा आएको बुझेर खेतीपातीको तयारीमा लाग्थ्यौं ।”
यो नै रैथाने ज्ञान पद्धतिको वातावरणीय सम्बन्ध हो । कसरी मान्छेको जनजीवनलाई स्थानविशेषका डाँडापाखा, नदीनाला, रूखबिरुवा वा चराच्याखुराले प्रभावित गर्छन् भन्ने कुराको प्रमाण यही उदाहरण हुन सक्छ । गुरुङको उपन्यासमा पनि कर्याङकुरुङ चरा उत्तरतिरबाट क्व्होलासोथारतिर आउँछन् र दक्षिणतिर लाग्छन् । यसरी चराहरू दक्षिण लागे पनि क्व्होलासोथारवासी हिउँद लागेको बुझ्छन् र हिउँदभरको जीविकोपार्जनको तयारीमा लाग्छन् । यहाँ चराको बहिर्गमनले मानव समाजको लयलाई फेरेको छ । त्यसकारण गुरुङ आख्यानको समाजलाई प्रकृतिसँग जोड्न सफल भएका छन् ।
‘पेब्याक’ को परम्परा
रैथाने ज्ञान पद्धतिमा जहिले पनि ‘पेब्याक’ को प्रचलन रहन्छ अर्थात् प्रकृतिबाट केही लिएको छ भने प्रकृतिलाई नै केही रिटर्न गर्ने । प्रकृति मात्र नभएर आफ्ना पुर्खाको आत्माले देवताको रूपमा आफूलाई रक्षा गरिरहेको छ भन्ने मानी उक्त आत्मालाई समेत पेब्याक गर्ने चलन यो परम्परामा हुन्छ । गुरुङको उपन्यासमा पनि वायुपूजा गरेर पुर्खालाई पेब्याक गरेका अनेक प्रसङ्ग छन् ।
क्व्होलाका मानिसलाई त्यहाँको जङ्गलले पालेको छ र मानिसहरूले जङ्गललाई पेब्याक गर्न एकथरी डाँडामा घाँसदाउरा, सिकार नगर्ने परम्पराको विकास गरेका छन् । क्व्होलाका मानिसले पाकेको बाली पहिले प्रकृतिलाई चढाएर मात्र थन्क्याउँछन् । जाँड–रक्सी खानुपूर्व उपन्यासका पात्रले अलिकति भुइँमा छर्केर पुर्खालाई चढाएका हुन्छन् । यसरी पेब्याकको रैथाने परम्पराको स्वादलाई गुरुङले मिठो गरी पस्केका छन् ।
मूल्य र मान्यताको परम्परा
रैथाने ज्ञान पद्धतिसँग त्यहाँको मूल्य र मान्यता सँगसँगै आएको हुन्छ । यो स्थानविशेष र परम्पराविशेष हुन्छ । जसले मूलतः आफ्नो पहिचानलाई जोगाइरहन भूमिका खेल्छ । उदाहरणका लागि पोशाक लगाएर विश्वविद्यालय जान हिंडेको विद्यार्थीलाई हेरेर हामी कुन परम्परामा हुर्किएको विद्यार्थी हो भन्न सक्दैनौं । उसको पोशाकले उसको संस्कृति र परम्पराको छनक दिंदैन तर रैथाने ज्ञान प्रणालीले उक्त समाजको मूल्यमान्यता ।
उपन्यासका पुरुष पात्रहरूले लगाएको भाङ्ग्रा र कछाड, महिलाले लगाएको घलेक, उनीहरूले खाएको ढिंडो, पिंडालु र खोले, यस अतिरिक्त र पहिचानलाई आफूमा कायम राखेको हुन्छ । गुरुङको उपन्यासमा पनि त्यहाँका पात्रले आफ्नो मूल्यमान्यता र पहिचानलाई जोगाएका भेटिन्छन् उपन्यासको एउटा पात्रले अचानकसँग बोल्न थालेको अति प्राचीन चों भाषा जस्ता कुराले गुरुङको पहिचानलाई दर्साएको छ ।
क्व्होलासोथारका मान्छेले आफ्नो आँस्योहरूलाई बडा सघन सम्मान गर्छन् किनभने ती आँस्योसँग तिनको मृत्यु संस्कारको सम्बन्ध छ । उपन्यासमा जब आफ्नै पत्नीबाट साँला पस्कोले छोरी अर्थात् छ्यामिरी जन्माउँछ, उसको उर्व्यासँगको सम्बन्ध पातलिन्छ । यसले गुरुङ समुदायभित्रको छोरीको महत्त्वलाई स्थापित गर्छ त्यसकारण गुरुङ समुदायको मूल्य र मान्यतालाई गज्जबसँग प्रस्तुत गरिएकाले यो उपन्यासले गुरुङको पहिचानलाई नेपालीभाषी गैरगुरुङमाझ परिचित गराउन सघाएको छ ।
जमिनको महत्त्व
रैथाने ज्ञान प्रणालीमा जमिन अर्थात् भूमिलाई आध्यात्मिक महत्त्वका साथ बुझिन्छ । गुरुङको उपन्यासको भूमि क्व्होलासोथार हो । त्यो भूमिबाट नै आजको समयका गुरुङहरूले अभ्यास गर्ने अर्थात् संस्कार र संस्कृतिको विकास भएको हो । गुरुङले उपन्यासको औपन्यासिक भूमि क्व्होलालाई बनाएर उक्त भूमिको सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई प्रस्ट्याउन खोजेका छन् ।
सँगै उपन्यासको आधुनिक पात्र युवराजले आफ्नी श्रीमतीको अस्तु क्व्होलामा लिएर गएको छ । युवराजले त्यसो गर्नुको कारण देखिन्छ, पवित्र भूमिमा श्रीमतीलाई छाडिआउनु । यो प्रसङ्गले पनि क्व्होलासोथारलाई अति महत्त्वका साथ गुरुङले दर्साउन खोजेको बुझाउँछ जसले रैथाने परम्परामा हुने भूमिलाई पवित्र मान्ने मान्यतालाई स्थापित गरेको छ । यो उपन्यास पढेपछि कोही क्व्होला पुग्यो भने उसले पक्कै त्यो भूमिलाई श्रद्धाले टेक्ने छ त्यसकारण गुरुङ यो अर्थमा पनि सफल लेखक सावित भएका छन् ।
यसका अतिरिक्त उपन्यासमा प्राचीन समाजको सामाजिक द्वन्द्वलाई क्याल्पा र सालापस्कोको परिवारको द्वन्द्व मार्फत बेजोड रूपमा पस्किइएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साइएको छ । यो नै उपन्यासको मूल कथानक हो जुन अति सुन्दर तरिकाले स्थापित छ । यहाँनेर चर्चा गरिनुपर्ने एउटा पक्ष छ; त्यो हो रैथाने परम्पराको अन्त्यमा औपनिवेशिक शक्तिको हात ।
संसारभर नै रैथाने परम्परा र पद्धतिको अवसान औपनिवेशिकताको प्रवेशसँगै भएको छ । त्यो औपनिवेशिकता कुन रूपमा कसरी छिर्छ, त्यो समाजपिच्छे फरक हुनसक्छ तर त्यसले ल्याउने नियति सबै समाजमा एउटै हुन्छ- समाजको विखण्डन र विनाश ।
उपन्यासमा पनि अलिदेव नामको पात्र र उसकी आमा कुचिरीलाई कोलोनियल एलेमेन्टका रूपमा बुझ्न सकिन्छ किनभने यी दुवै जना ‘नेपाल’ बाट आएका हुन् अर्थात् शक्तिशाली ठाउँबाट आएका हुन् । उपन्यासमा अलिदेवले आफूसँग बोकेर ल्याएको अस्त्र छ भाषा । उसले क्व्होलाका रैथाने अर्थात् साँक्ले नामको पात्रलाई नयाँ भाषा सिकाउँछ । यसले कोलोनियल शक्तिले भाषामार्फत गर्ने सांस्कृतिक आक्रमणको पक्षलाई उजागर गर्छ ।
पछि गएर जब त्यही अलिदेव राजा हुन्छ क्व्होलामा विपत् शुरु हुन्छ । अनेक प्राकृतिक विपत्तिको कारण क्व्होलाको राज्य नै विनाश पुग्छ । यहाँनेर लेखकले प्राकृतिक विपत्को विम्ब प्रयोग गरी औपनिवेशिक शक्तिको प्रवेशसँगै रैथाने समाज विघटनमा पुग्छ भनी देखाउन खोजेको प्रतीत हुन्छ । क्व्होलाको समाज विघटन भएपछि बनेको नयाँ राज्यको राजा साँक्ले हुनुले औपनिवेशिक शक्तिबाट दीक्षित पात्रले सत्ताको पुनःप्राप्त गर्ने ट्रेन्डलाई पनि स्थापित गरेको छ ।
यसरी गुरुङको उपन्यासले रैथाने ज्ञान प्रणालीलाई आफूमा समाहित गरेको छ र उक्त प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको हातलाई पनि छर्लङ्ग बनाएको छ । त्यस कारण मेरा लागि यो अब्बल उपन्यास सावित भएको छ ।
यसका अतिरिक्त उपन्यासको सुरुआती प्रवेशकथा अलिक लामो भएको भान पाठकलाई हुन सक्छ । किताबका पात्रको नामले पनि गैरगुरुङ भ्रू व्हाल्पा जस्ता पात्र स्थापित भएका छन् । पात्रको सुन्दर स्थापनाकै कारण पनि यो नेपाली आख्यान जगतको एक महत्त्वपूर्ण कृति हो । पाठकलाई अलमल्याउन सक्छ । पात्रको सङ्ख्याले पनि कहींकतै डिस्कनेक्टेड बनाउन सक्छ यद्यपि उपन्यासमा साँला पस्को, उर्व्या, अलिदेव र यो आख्यानका लागि गुरुङलाई हामी पाठकले धन्यवाद भन्नुपर्छ ।
र्यान्डम रिडर्स सोसाइटीको ११८औं शृङ्खलामा उपन्यासकार तीर्थ गुरुङको उपन्यास हिउँको गीतमाथि युवा साहित्यकार त्रिवेणीद्वारा प्रस्तुत अवधारणापत्र ।
प्रतिक्रिया 4