+
+
Shares

लोकप्रिय भारतीय सेलिब्रेटीको आइएमडीबी सूची : शीर्षमा अहान पाण्डे

अक्षय कुमार, दीपिका पादुकोण र सलमान खान जस्ता स्टार शीर्ष १० को सूचीमा छैनन् । अहिलेको चर्चित फिल्म ’सैयारा’का दुवै कलाकार सूचीमा समावेश भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमडीबीले पछिल्लो महिनाका लोकप्रिय भारतीय सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ जसमा 'सैयारा' फिल्मका कलाकार शीर्ष स्थानमा छन्।
  • पहिलो स्थानमा 'सैयारा' स्टार अहान पाण्डे, दोस्रोमा निर्देशक मोहित सुरी, तेस्रोमा अभिनेत्री अनित पड्डा छन्।
  • अक्षय कुमार, दीपिका पादुकोण र सलमान खान शीर्ष १० सूचीमा छैनन् भने आर माधवन १० नम्बरमा छन्।

मुम्बई । आइएमडीबीले पछिल्लो महिनाका लोकप्रिय भारतीय सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । शीर्ष १० सेलिब्रेटीको यो सूचीमा धेरैले आफ्नो स्थान गुमाएका छन् र केही स्टार छन् जसको नाम यस सूचीबाट हटाइएको पनि छ ।

अक्षय कुमार, दीपिका पादुकोण र सलमान खान जस्ता स्टार शीर्ष १० को सूचीमा छैनन् । अहिलेको चर्चित फिल्म ’सैयारा’का दुवै कलाकार सूचीमा समावेश भएका छन् ।

शीर्ष ३ मा ‘सैयारा’का कलाकार र निर्देशक छन् । पहिलो स्थानमा ‘सैयारा’ स्टार अहान पाण्डे, दोस्रोमा निर्देशक मोहित सुरी, तेस्रोमा अभिनेत्री अनित पड्डा छन् ।

चौंथोमा अभिनेत्री ऐश्वर्या राय बच्चन, पाँचौमा फतिमा साना शेख, छैटौंमा कटरिना क्याफ, सातौं स्थानमा शाहरुख खान, आठौंमा आमिर खान छन् ।

फिल्म ‘सैयारा’को एक दृश्यमा अहान पाण्डे ।

’पञ्चायत ४’मा प्रधान जीकी छोरी रिंकीको भूमिका निर्वाह गरेकी सान्विका नवौं नम्बरमा छिन् ।

अभिनेता आर माधवन १० नम्बरमा छन्, जो हालैको आफ्नो फिल्म ’आप जैसा कोई’ को लागि चर्चामा छन् । यो फिल्म नेटफ्लिक्समा रिलिज भएको छ जसमा दर्शकले माधवनको अभिनयलाई धेरै मन पराएका छन् ।

विश्व फिल्मको डेटा संकलन गर्ने यो चर्चित वेब पोर्टलले विभिन्न समयपिच्छे सूची सार्वजनिक गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?