
१४ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई जरिबाना तिराएको छ ।
विभागले मंगलबार गरेको नियमित अनुगमनका क्रममा ३ एजुकेसलल कन्सल्टेन्सीलाई १ लाख ६१ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
विभागले काठमाडौं महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी– ४ को हिमालयन एजुकेसनल ग्रुप सर्भिसलाई ५१ हजार रुपैयाँ र काठमाडौं– १४ को प्रिज्म इन्टरनेसनल ल्यांग्वेज प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
बजार अनुगमन क्रममा ती एजुकेसनल कन्सल्टेन्सीले शिक्षा मन्त्रालयको इजाजत नलिई सञ्चालन गरेको पाइएपछि विभागले उक्त जरिबाना तिराएको जनाएको छ ।
यस्तै विभागले ३ वटा कन्सल्टेन्सीलाई कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने अरू ९ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।
एजुकेसनल कन्सल्टेन्सीहरूले उपभोक्ता ठगेको उजुरीपछि १ साउनबाट विभागले अनुगमन सुरु गरेको थियो ।
अनुगमनका क्रममा ७० प्रतिशत कन्सल्टेन्सीहरू बिनादर्ता सञ्चालनमा रहेको, शिक्षा मन्त्रालयबाट इजाजत नलिई अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।
प्रतिक्रिया 4