+
+
Shares

रञ्जिताले स्पष्टीकरण बुझाइनन्, राष्ट्रिय भेलाले निर्णय लिने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १२:०१
फाइल तस्वीर ।

१४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरण जवाफ फर्काएकी छैनन् ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाएर कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बाँस्तोलालाई तोकेकी थिइन् ।

उनले गरेको निर्णयले पार्टीभित्र विवाद उत्पन्न भएकको छ । श्रेष्ठलाई स्पष्टीकर्णका लागि उपलब्ध गराइएको समयावधि मंगलबार नै सकिएको छ । तोकिएको अवधिभित्र श्रेष्ठले स्पष्टीकरण नबुझाएको अनुशासन समितिले जनाएको छ ।

पार्टीभित्र विवादित बनेकी श्रेष्ठबारे आवश्यक निर्णय लिन नाउपाको राष्ट्रिय भेला बुधबारका लागि बोलाएको छ । श्रेष्ठलाई कारबाहीका लागि अनुशासन समितिले गरेको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?