+
+
Shares

काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट तीन जना नक्कली सुन देखाएर लुटपाट र लुटिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा बिमल तामाङ, लालबहादुर घिसिङ र भक्तबहादुर गदाल विक रहेका छन्।
  • उनीहरूले ६ जना पीडितलाई नक्कली सुन सक्कली सुन भन्दै ठगी गरी फरार भएको खुलेको छ।

१४ साउन, काठमाडौं । नक्कली सुन देखाउँदै लुटपाटको धन्दा चलाएको र लुटिएको सुन खरिद गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोक्टी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका–१२ घर भएका ३९ वर्षीय लालबहादुर घिसिङ रहेका छन् ।

साथै यसरी लुटिएका सुनका गरगहनाहरू खरिद गरेको आरोपमा पनि एक जना पक्राउ परेका छन् । खोटाङको मझुवागढी नगरपालिका–१४ घर भई भक्तपुर लोकन्थलीमा बस्ने ३९ वर्षीय भक्तबहादुर गदाल विक छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यो समूहले नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा गर्दै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसी बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भन्दै लुटपाट गरेको खुलेको छ ।

सक्कली सुन भन्दै नक्कली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको प्रहरीले बताएको छ ।

उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रुपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?