+
+
Shares

संसद्‌मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू नै निदाए

तर, प्रधानमन्त्रीकै लहरमा रहेका मन्त्रीहरू भने निदाइरहेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १५:४६

१४ साउन, काठमाडौं । बुधबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । प्रधानमन्त्रीसँगै सभाको सत्तापक्षको पहिलो लहरमा मन्त्रीहरू पनि थिए ।

सभामा सांसदहरू अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) भएपछिको अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली चाखपूर्वक बहस सुनिरहेका थिए ।

जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले आफूले बहस पूरै सुनेको र राष्ट्रिय सभाको गरिमा धान्ने गरी बहस भएको भनेर बहसमा भाग लिने सांसदहरूको प्रशंसा गरे ।

तर, प्रधानमन्त्रीकै लहरमा रहेका मन्त्रीहरू भने निदाइरहेका थिए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई निदाएका थिए ।

प्रधानमन्त्रीकै लहरमा बसेका मन्त्रीहरू निदाएका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?