
News Summary
Generated by OK AI. Editorially reviewed.- श्रृयंका थापाले भारतको जयपुरमा अगस्ट १ देखि ११ सम्म हुने युनिभर्सल वुमन २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।
- उनी विहिबार भारत प्रस्थान गर्ने कार्यक्रम छ र अन्तर्राष्ट्रिय मन्चमा नेपाललाई चिनाउने अवसर पाउँदा उत्साहित भएको बताइन्।
- श्रृयंका मिस नेपाल टिन युनिभर्स २०२१ की विजेता र मिस युनिभर्सल २०२४ की फाइनलिस्ट पनि हुन्।
काठमाडौं । श्रृयंका थापाले सुन्दरी प्रतियोगिता ‘युनिभर्सल वुमन २०२५’मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।
आयोजित समारोहलाई उनलाई छनोट गरिएको हो । भारतको जयपुरमा अगस्ट १ देखि ११ सम्म हुन लागेको प्रतियोगितामा श्रृंयकाले मुलुकको प्रतिनिधित्व गर्ने निश्चित भएको हो ।
उनी विहिबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । ‘अन्तर्राष्ट्रिय मन्चमा नेपाललाई चिनाउने अवसर पाउँदा म उत्साहित छु’ उनले भनिन् ।
‘निकै खुसी लागिरहेको छ । सानैदेखी अन्तर्राष्ट्रिय मन्चमा गएर नेपाललाई प्रतिनिधित्व गर्छु भन्ने थियो, त्यो पुरा हुँदैछ’ श्रृयंकाले भनिन्, ‘नेपालले गर्व गर्ने काम गरेर फर्किनेछु ।’
श्रृयंका मिस नेपाल टिन युनिभर्स २०२१ को विजेता पनि हुन् भने मिस युनिभर्सल २०२४ को फाइनलिस्ट पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4