+
+
Shares

काठमाडौंमा एकजनाको हत्या, पक्राउ परे अभियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १८:१८
फाइल तस्वीर

१४ साउन, काठमाडौं । काठमाडौंमा भारत, पश्चिम बंगालका एकजना व्यक्तिको हत्या भएको छ ।

५५ वर्षीय सुब्रत पालको हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदिप चन्दले अनलाइनखबरलाई बताए ।

उनका अनुसार, पक्राउ पर्नेमा ४२ वर्षीय श्याम कालिकोटे छन् । उनलाई गोंगबु क्षेत्रबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त, जनसेवाले यसबारे थप अनुसन्धान गरिरहेको बताइएको छ । मृतक पाल सुनसम्बन्धी काम गर्दै आएको प्रहरीको भनाइ छ ।

दुवै जना एउटै घरमा बस्दै आएका थिए । मध्यराति घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । हत्यापछि कालिकोटे फरार भएका थिए ।

* यसअघि भारत, पश्चिम बंगाल हुनुपर्नेमा बंगलादेशी नागरिक भएकोमा सच्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?