+
+
Shares

काठमाडौंमा मालिकबाटै मारिए भारतीय कामदार

सँगै मदिरा पिएर गएका थिए कोठामा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १८:४८

१४ साउन, काठमाडौं । आफ्नै मालिकबाट काठमाडौंका न्ह्योखामा भारतीय नागरिकको हत्या भएको खुलेको छ ।

भारतको पश्चिम बंगाल राज्य घर भएका ५४ वर्षीय सुब्रता पालको हत्यामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा उनी मालिक रहेको खुलेको हो ।  पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका–८ मात्रा गाउँका ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार, हत्या आरोपमा पक्राउ परेका कालिकोटको अनुसार सामान्य विवादमा हत्या भएको देखिन्छ ।

आफू मालिक भए पनि त्यो अनुसारको व्यवहार नगरेको, होच्याएको निहुँमा हत्या गरेको आरोपीले बताएको आचार्यले बताए ।

उनका अनुसार कालिकोटे सुनचाँदी पसल थियो । उनको पसलमा पाल सुनारको काम गर्थे । १३ साउनमा दुवैजना सँगै मदिरा पिएर पालको कोठामा सुत्न भनेर गएका थिए । न्ह्योखास्थित विष्णुभक्त श्रेष्ठको घरको तेस्रो तलामा पालको कोठा थियो ।

उक्त कोठामा गएपछि आफूलाई किन होच्याएको भन्दै कालिकोटले पाललाई प्रश्न गरेको र त्यही निहुँमा विवाद भएपछि १४ साउन राति २:४५ बजेतिर हत्या गरेको उनले प्रहरी समक्ष बताएका छन् ।

होच्याएकाले रिस उठेपछि नजिकैको ह्याम्मरले हानेर हत्या गरेको उनको भनाइ छ ।

हत्यापछि फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले नयाँ बसपार्कस्थित विपिन श्रेष्ठले सञ्चालन गरेको ऋषिकेश गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?