+
+
Shares

न्याम्सको ३३औँ सभा सम्पन्न, ४ अर्ब १२ करोडको बजेट पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्याम्सको ३३औँ सभा सोमबार सम्पन्न भई चालु आर्थिक वर्षको ४ अर्ब १२ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ।
  • सभाले भक्तपुर दुवाकोटमा न्याम्स परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सैद्धान्तिक सहमति जनाएको छ।
  • स्वास्थ्यकर्मीको महंगी भत्ता समायोजन र विभिन्न अस्पतालमा शिक्षक दरबन्दी थप गर्ने प्रस्ताव पारित गरिएको छ।

२७ साउन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा (सिनेट) सोमबार सम्पन्न भएको छ ।

न्याम्स कार्यालयमा बसेको बैठकले चालु आर्थिक वर्षको आर्थिक, शैक्षिक, भौतिक तथा प्रशासनिक कार्यसम्बन्धी विभिन्न प्रस्ताव पारित गरेको छ ।

न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छा, स्वास्थ्य सचिव डा. विकास देवकोटा, न्याम्सका पदाधिकारीलगायतको उपस्थिति थियो ।

उपकुलपति प्राडा. भुपेन्द्र बस्नेतका अनुसार सभाले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४ अर्ब १२ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । साथै, भक्तपुरको दुवाकोटमा विस्तारित न्याम्स परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा सैद्धान्तिक सहमति पनि जनाएको छ ।

बैठकले न्याम्सका विभिन्न तहका १७८ स्नातकलाई आगामी दीक्षान्त समारोहमा उपाधि दिने निर्णय गरेको छ ।

यससँगै, स्वास्थ्यकर्मी तथा कर्मचारीको महंगी भत्ता समायोजन, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल र कोशी अस्पतालमा शिक्षक दरबन्दी थप गर्ने प्रस्ताव समेत पारित गरिएको उपकुलपति बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?