+
+
Shares

फिरोजले लभस्टोरी फिल्म ‘कहाँ गयौ तिमी’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिरोज तिमलसेनाले निर्देशन गर्ने कथानक फिल्म ‘कहाँ गयौ तिमी...’ निर्माण हुने भएको छ।
  • फिल्म प्रेमकथामा आधारित हुनेछ र पटकथा जीवन आचार्यले लेख्नेछन्।
  • फिरोजले सामाजिक सञ्जालमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गरेको लेखेका छन्।

काठमाडौं । कथानक फिल्म ‘कहाँ गयौ तिमी…’ निर्माण हुने भएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने फिल्मको घोषणा शनिबारश्रीकृष्ण जन्माष्टमीको शुभसाइतमा घोषणा गरिएको हो ।

फिरोज तिमलसेनाले निर्देशन गर्ने फिल्म प्रेमकथामा आधारित हुनेछ । शीर्षक घोषणाबारेको पोस्टरमा कालो बादल र एकान्तमा रहेको एउटा घर र रूखले छोडिएको मायालाई चित्रण गरिएको छ ।

पटकथा लेखन जीवन आचार्यको रहने फिल्ममा प्रकाश नेपालीको संगीत हुनेछ ।

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका कलाकार हुन् । उनले ‘नेपाल आइडल सिजन १’ शो निर्माता तथा एपिसोड निर्देशकको रुपमा काम गरे ।

‘भ्वाइस अफ नेपाल’ संस्थापक क्रिएटिभ हेड तथा प्रमुख सहायक निर्देशकको अनुभव उनले सँगालेका छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छाया–२’मा उनले अभिनय गरेका थिए ।

उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । ‘कहाँ गयौ तिमी’ उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । निर्माता, कलाकार, छायांकन, प्रदर्शन र अन्य जानकारी दिइएको छैन ।

फिल्मको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ । चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुसी र जिम्मेवारी दुवै महसुस भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?