+
+
Shares

कुमारी बैंकका ग्राहकलाई नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा विशेष छुट

सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई इनप्यासिएन्ट तथा आउटप्यासिएन्ट सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १५:१५

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले भारत नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेसन लिमिटेड) मा विशेष छुट पाउने भएका छन् ।

कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्न बैंक र हस्पिटलबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई इनप्यासिएन्ट तथा आउटप्यासिएन्ट सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिने छ ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालसँग विशेष छुटसम्बन्धी सम्झौता गरेर गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको जनाएको छ ।

बदलिँदो समयसँग समन्वय गर्दै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकता आत्मसात गरी बैंकले आगामी दिनमा अझ व्यापक र सुलभ सेवा सुनिश्चित गरिने अठोट व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?