
४ भदौ, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कानुन व्यवसायीहरूको संगठन गठन गरेको छ ।
अधिवक्ता उपेन्द्रकुमार साहको नेतृत्वमा जनमतले ‘पेशागत कानुन व्यवसाय जनमत संघ’ बुधबार गठन गरेको हो ।
साहको नेतृत्वमा १२ सदस्यीय समिति गठन गरिएको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
समितिको सहसंयोजकमा रञ्जितकुमार साह, सचिवमा रामछबिला यादव, सहसचिवमा राहुलकुमार रजक, कोषाध्यक्षमा पिटरजंग कुँवर छन् । सदस्यहरूमा अधिवक्ताहरू हरिप्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिव्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी र सुरेश सुनार छन् ।
पेशागत कानुन व्यवसाय जनमत संघ पहिलो बैठकले पेशागत कानुन व्यवसाय जनमत संघको तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । साथै, विधान मस्यौदा समिति गठन गर्ने र जिल्ला तहमा कार्यसमिति गठन गर्ने निर्णय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4