
News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटमा ४ भदौ दिउँसो २:४० बजे गौरीशंकर कलेज अगाडि विवादको क्रममा २१ वर्षीय युवकलाई छुरा प्रहार गरी हत्या गरिएको छ।
- घाइते युवकलाई प्रादेशिक अस्पताल गौर लैजाने क्रममा मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।
- पक्राउ पर्नेमा गौर नगरपालिका-३ का मनोज राम रहेका छन् र उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
४ भदौ, जनकपुरधाम। रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २२ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो २:४० बजे रौतहटको यमुनामाइ गाउँपालिका-५ का २२ वर्षीय सहाबुद्दीन मियामाथि छुरा प्रहार भएको हो ।
गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले बताए ।
घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका-३ का युवक मनोज राम रहेका छन् ।
पक्राउ परेका उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया 4