
४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारमा आफूलाई धेरै ठूलो पीडा भएको गुनासो गरेका छन् ।
बुधबार नख्खु कारागारमा भेट्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले यस्तो गुनासो गरेका हुन् ।
‘उहाँको भैरहवा बस्दाको स्थिति धेरै जटिल थियो । भैरहवामा उहाँको भाषामा भन्ने हो भने झन्डै झन्डै गोलघरजस्तै गरि राखियो भन्ने थियो,’ रविलाई भेटेर निस्किएपछि प्रचण्डले भने, ‘धेरै ठूलो पीडामा भएँ म भन्ने थियो । सामान्यत: यहाँको बसाइ, खानपिन सबै भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर प्रशंसा पनि गर्नुभयो ।’
उनले आफ्नो क्याबिनेटको दुई पटकसम्म गृहमन्त्री भएकाले पनि रविलाई भेट्न पुगेको बताए ।
भैरहवा कारागारमा पनि जान चाहेको तर समय नमिलेको उनले बताए ।
‘मेरो क्याबिनेटमा उहाँ दुई पटकको गृहमन्त्री पनि हो । अभिभावकको हैसियतले पनि उहाँको अवस्थाबारे बुझ्नुपर्ने थियो । भैरहवा पनि मिलेसम्म जान चाहेको थिएँ । स्थिति नमिलेर मात्रै हो,’ प्रचण्डले भने ।
प्रतिक्रिया 4