+
+
Shares

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५’ बाट सम्मानित

नबिललाई वार्षिक रूपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १९:११

४ भदौ, काठमाडौं । नबिल बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५ : बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो ।

नबिललाई वार्षिक रूपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधि प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायत आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताका आधारका रूपमा पनि लिइन्छ ।

नबिलले पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडीजी) आत्मसात गर्दै आफ्नो कारोबारमा वातावरणीय, सामाजिक र सुशासन सम्बन्धित सिद्धान्त अंगिकार गर्दै आएको छ । नबिलले आफ्नो रणनीतिमा दिगोपनलाई एक मुख्य आधार बनाइ वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानवअधिकार संरक्षण तथा नैतिक सुशासन अभ्यासमा आफूलाई केन्द्रित गर्दै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङ प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ ।

बैंकका यिनै कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै नबिललाई यो अवार्डद्वारा सम्मान गरिएको हो । युरो मनी म्यागजिनले बैंकिङ क्षेत्रको लामो अध्ययन र विश्लेषणका आधारमा बैंकलाई सम्मान गरेको हो । बैंकले यसअघि सन् २०१०, २०२०, २०२१, २०२२ र २०२४ मा विभिन्न विधामा युरोमनी अवार्ड फर एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेको छ ।

नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २ सय ६८ शाखा र ३ सय २१ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि नबिलले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाका रूपमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?