+
+
Shares

छोरी करणी गरेको आरोपमा बुवा पक्राउ

करिब ६ महिनायता पटक-पटक करणी गरेको आरोपमा ४७ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारले जानकारी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते २१:४७

४ भदौ, मोरङ। मोरङमा छोरीलाई करणी गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

करिब ६ महिनायता पटक-पटक करणी गरेको आरोपमा ४७ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारले जानकारी दिए।

डीएसपी सुनुवारका अनुसार पीडितको आफन्तले दिएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरिएको हो । पीडित छोरी नाबालिका हुन्।

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पुरुषविरुद्ध ५ दिन म्याद थप गरिएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?